२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

स्थानीय तह सँग सहकार्य गरेर मात्र काम गर्न दार्चुलाका जनप्रतिनिधिहरुको सुझाव

२२ भाद्र २०७४, बिहीबार १६:४५

भदौ २२, दार्चुला । दार्चुलाका स्थानीय तहका जनप्रतिनिधिहरुले सम्बन्धित नगरपालिका गाउँपालिकामा गैरसरकारी संस्थामार्फत सञ्चालन हुने कार्यक्रममा सहकार्य गरेर मात्र काम गर्न सुझाव दिएका छन् । 

सामुदायिक ग्रामीण विकास समाज अन्तर्गत पहल कार्यक्रमले आयोजना गरेको समन्वय गोष्ठीमा यस्तो सुझाव दिएका हुन् । कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रमले पानीको बहुउपयोग प्रविधि सम्बन्धी जिल्लास्तरीय समन्वय गोष्ठी आयोजना गरेको हो । 

पहलले हाल साविकका पाँच गाविसमा कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले गैरसरकारी संस्थामार्फत सञ्चालन हुने कार्यक्रम स्थानीय तह सँगको सहकार्य र सुझाव अनुसार सञ्चालन नभए औचित्य नरहने बताएका हुन् । 

लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले गैरसरकारी संस्थाहरुले सम्बन्धित स्थानीय तहमै गएर कार्यक्रम बारे जानकारी गराउनुपर्ने बताउनुभयो । कार्यक्रम सञ्चालन गर्दा आग्रह पूर्वाग्रह ढंगले हेरिए त्यस्ता कार्यक्रमलाई नियमन गरिने उहाले बताउनुभयो ।

जुनसुकै गैरसरकारी संथा भएपनि स्थानीय आवश्यक्ताको आधारमा कार्यक्रम सञ्चालन गरिनुपर्छ, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले भन्नुभयो । जुन क्षेत्रमा जे अभाव छ, सोही अनुसार सहकार्य गर्ने हो भने स्थानीय तहले समेत सहकार्य गर्छ । उहाँले मालिकार्जुन क्षेत्रमा अहिले पनि नागरिकले दुइ घण्टा हिडेर पानी खानुपरेको उल्लेख गर्दै यस्ता क्षेत्रमा यो कार्यक्रमले सहयोग गर्नुपर्ने बताउनुभयो ।

अधिकांश गैरसरकारी संघ संस्था र विषयगत कार्यालयहरुले एउटै कार्यक्रम डुब्लीकेशन गरेर काम गर्ने गरेको भन्दै, शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले अभाव भएको क्षेत्रमा गएर काम गर्न सुझाव दिनुभयो । 

जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीले हरेक क्षेत्र सँग समन्वय गर्न सके मात्र विकास सम्भव हुने धारणा राख्नुभयो । पहिलकै अवस्थामा काम गर्ने हो भने विकास सम्भव नहुने भन्दै उहाँले सबै मिलेर जिल्लाको विकास गर्नुपर्ने बताउनुभयो ।

केहि कार्यक्रम सुआहारा र पहल कार्यक्रमको एउटै प्रकृतिको भएको भन्दै यस्ता कार्यक्रममा सचेत हुन समेत सहभागिले सुझाव दिए । सुआहारा र पहलले गरिरहेको पोषणको कार्यक्रम एउटै प्रकृति र लक्षित वर्ग उहि छन् । तर सामुदायिक ग्रामीण विकास समाज नेपालका टिम लिडर अशोक ओझाले कार्यक्रम उस्तै भएपनि बजेटमा डुब्लीकेशन नभएको दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला