१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु, २५ बर्षीय युवकको शव भेटियो

२३ भाद्र २०७४, शुक्रबार ०३:३४

भदौ २३, बैतडी । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् । बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिनुभयो । मृतक महिलाको शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ । 

बेवारिशे शव फेला 

यसैबीच, बैतडीको डिलासैनी–३ चमेलिया नदीको दोभान कर्कलेमा बिहीबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । अन्दाजी २५ वर्षको पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ । मृतक पुरुषको मुखमा दागबत्ती दिएको भेटिएकाले चमेलिया नदीको माथिल्लो क्षेत्रबाट कसैले दागबत्ती दिएर शव बगाएको हुनसक्ने प्रहरीले जनाएको छ । 

गहुँगोरो वर्ण भएको पुरुषको उक्त शवको सनाखत भने हुन नसकेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह