१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खेतमा महिलाको शव खुट्टा र टाउकामा बोरा बेरिएको अवस्थामा भेटियो

२३ भाद्र २०७४, शुक्रबार ०६:५६

भदौ २३, चितवन । पश्चिम चितवन जगतपुरको शीतलपानीस्थित खेतमा एक महिलाको शव फेला परेको छ । 

भरतपुर महानगरपालिका–२३ शीतलपानीका दीनानाथ पौडेलको खेतको कुलोमा ३५–४० वर्षको जस्तो देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार बिहीबार साँझ फेला परेको महिलाको शवपरीक्षणका लागि अहिले भरतपुर अस्पतालमा ल्याइएको छ । खुट्टामा बोरा बेरिएको तथा सडेको अवस्थामा शव भेटिएको हो । 

शवको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घाँस काट्ने मान्छेले देखेर प्रहरीलाई खबर गरेको जानकारी दिँदै स्थानीयवासी गणेश पौडेलले खुट्टा र टाउकामा बोरा बेरिएको अवस्थामा शव भेटिएको बताउनुभयो । 

पौडेलले कतैबाट हत्या गरेर ल्याई फालेको आशंका गरिए पनि अहिलेसम्म कतैबाट जानकारी नआएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह