२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा मूपात्र जात्रा आजदेखि शुरु

२०७४, २३ भाद्र शुक्रबार ०७:३७

भदौ २३, भक्तपुर। इन्द्रजात्राको अवसरमा भक्तपुरमा निकालिने धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत मूपात्र जात्रा आजदेखि शुरु भएको छ । 

नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने यो जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीक भएकाले यसलाई राक्षस जात्रा पनि भनिन्छ । 

जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामका अन्य दुई सहायक राक्षससहित तीनजनालाई राक्षसको भेषमा विभिन्न रङले सिङ्गारपटार गरेर तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन छ । 

मूपात्र जात्रा निस्कनुअघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयस्थित भीमसेन मन्दिरमा दुईवटा याँमता (आकाश दीप) बाल्छन् । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइन्छ । 

देवीपुराण ग्रन्थमा उल्लेख भएअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको चाहिएकाले छोरा जयन्तले खोज्ने क्रममा दैत्यहरुको बगैँचामा देखेर सो फूल टिप्न लाग्दा राक्षसले जयन्तलाई पक्राउ गरी पछाडि दुई हात बाँधेर राखेकाले उनलाई छुटाउन देवता र राक्षसबीच भएको युद्धमा देवताहरुको जित भएपछि, राक्षसलाई जनतामाझ देखाउन शहर परिक्रमा गराइएकाले सोही संझना स्वरूप यो जात्रा चलाइएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । 

जात्राका क्रममा मूपात्रलाई नगर परिक्रमा गराउँदा टोल टोलमा ठड्याइएको यम्वोद्योलाई मूपात्रले तीनपटक घुमेर तरबारले हान्ने गरिन्छ । जुन दृष्यलाई इन्द्रका छोरा जयन्तसँग क्षमायाचना गरी जयन्तलाई बाँधिएको डोरी काटेको दृष्यका रुपमा व्याख्या गरिन्छ । 

यो जात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण तथा पद्यपुराण संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मीहरु बताउँछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल