१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको प्रहरी हिरासतमा रहेका किशोरको रहस्यमय मृत्यु

२३ भाद्र २०७४, शुक्रबार ०७:५२

दोलखा, २३ भदौ । दोलखा प्रहरीको हिरासतमा रहेका एक किशोरको मृत्यु भएको छ ।

भोजपुर घर भई दोलखाको भिमेश्वर नगरपालिका ५ किरातीछाप बस्दै आएका रवि केसीको बिहिबार मृत्यु भएको हो । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका केसीको पेटमा समस्या आएको र उपचारका लागि काठमाडौँ लैजाने क्रममा रामेछापको मिल्तीमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । प्रहरीका अनुसार बिहिबार बिहान सवेरै एक्कासी पेट दुखेपछि केसीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट लगिएको थियो ।

तर त्यहाँ उपचार हुन नसकी काठमाडौँ रिफर गरिएका केसीको बिच बाटोमै मृत्यु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका डा. विनोद दंगालले केसीको आन्द्रामा समस्या भई धेरै फुलेको र तत्काल ‘जटिल’ अप्रेशन गर्नुपर्ने भएका कारण रिफर गरिएको जानकारी दिनुभयो ।भोजपुर घर भएका मृतक केसी बुबा ध्रुव र आमा रितासँगै मावली गाउँ किरातीछापमा बस्दै आएका थिए । मृतक केसीको उमेर १५ वर्ष मात्रै भएको परिवारजनले बताएका छन् । तर दोलखा प्रहरीले भने उनको उमेर १८ वर्ष भएको दावि गरेको छ ।

दोलखा प्रहरीले सदरमुकाम चरिकोट आसपासबाट ल्यापटप लगाएतका सामाग्री चोरी गरेको आरोपमा केसीलाई भदौ १९ गते पक्राउ गरेको थियो । ४ दिनदेखि प्रहरी हिरासतमा रहेका केसीको मृत्यु भएपछि अहिले उनको उमेरको विवाद सुरु भएको छ । मृतकका परिवार र आफन्तजनले केसीको मृत्युको घटनालाई शंकास्पद भनेका छन् । यद्धपी, दोलखा प्रहरीले भने एक्कासी पेटमा आएको समस्याका कारण उनको मृत्यु भएको स्पष्ट पार्दै पोष्टमार्टम पछि शव आफन्तलाई बुझाउने जनाएको छ । मृतकको शव अहिले पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ ।

कानुनतः १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई प्रहरी हिरासतमा राख्न नपाउने व्यवस्था छ । केसीको वास्तविक उमेर १५ वर्ष मात्रै भएको पुष्टी भएमा दोलखा प्रहरीले गैरकानुनी रुपमा बालकलाई हिरासतमा राखेको ठहरीनेछ । मृतक केसी ध्रुव र रिताका एक मात्र सन्तान हुन । उनको परिवारको आर्थिक अवस्था समेत कमजोर रहेको स्थानीयले बताएका छन् ।

Source : edolakha.com

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह