२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाबासीले खाने मासु गुणस्तरहीन, कुहिएका मासु डिफ्रिजमा राखेर विक्री गरीदै

२३ भाद्र २०७४, शुक्रबार १६:३८

लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । दार्चुला सदरमुकाम खलंगा बासीले खाने मासु गुणस्तरहिन रहेको पाइएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको नेतृत्वमा शुक्रबार गरेको बजार अनुगमनको क्रममा खलंगाका सबै जसो मासु पसलमा गुणस्तरहिन र कुहिएको मासु विक्री गर्ने पाइएको हो ।


एकसाता अघि नै काटिएका मासु डिफ्रिजमा राखेर विक्री गर्ने गरेको पाइएको छ । स्वास्थ्यको दृष्टिकोणले यो मासु खान घातक हुने र यस्तो मासु खाएर स्वस्थ्यलाई असर पर्ने पशु चिकित्सकहरुले बताएका छन । सदरमुकाममा सञ्चालीत मासु पसलहरुले सरसफाई नगरेको, मासु पुरै गन्हाएको छ ।

गुणस्तरहिन मासु विक्री गरेको भन्दै दिनेश मासु पसलबाट १९ किलोमासु बरामद गरि नष्ट गरिएको छ । जसमा खसीको मासु ५ किलोग्राम, कुखुरा ६ किलोग्राम, बंगुर ३ किलोग्राम र खसीको टाउँको ३ किलो मासु नष्ट गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयले डिफ्रिज दिएपनि सदुपयोग भन्दा दुरुपयोग गरेको पाइएको हो । अन्य मासु पसलहरु समेत दर्ता नभएको, रेट लिष्ट नभएको, सबै प्रकारका मासु मिक्स गरेर विक्री गर्ने गरेको समेत पाइएको छ ।


कुखुराको मासुको मूल्य ३ सय ५० रुपैयाँ तोकिएकोमा ४ सय रुपैया लिने  गरेको पाइएको छ । गुणस्तरहिन मासु विक्री गर्ने तथा दर्ता पक्रियामा नगएका मासुपसललाई तत्काल कानुनको दायरामा आउन निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला