लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औ अन्तराष्ट्रीय साक्षरता दिवस दार्चुला जिल्लाभरी मनाइएको छ । 

जिल्ला शिक्षा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औ अन्तराष्ट्रीय साक्षरता दिवस दार्चुला जिल्लाभरी मनाइएको छ । 

जिल्ला शिक्षा क"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ३८औ राष्ट्रिय शिक्षा दिवस भब्यताकासाथ मनाइयो

२३ भाद्र २०७४, शुक्रबार १७:२२


लोकेन्द्र प्रशाद जोशी/भदौ २३, दार्चुला । ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औ अन्तराष्ट्रीय साक्षरता दिवस दार्चुला जिल्लाभरी मनाइएको छ । 

जिल्ला शिक्षा कार्यालयले ९ वटै स्थानीय तहमार्फत स्रोत केन्द्र र विद्यालयहरुलाई दिवस भव्यताकासाथ मनाउन पत्रचार गरे अनुसार विद्यालयहरुले छुट्टाछुट्टै रुपमा दिवस मनाएका हुन् । अधिकांश विद्यालयहरुले कविता, निवन्ध प्रतियोगिताको आयोजना गरि दिवस मनाएका छन् । यस्तै विद्यालयमा सांस्कृतिक नृत्य समेत गरेर शिक्षक, विद्यार्थीले भव्य रुपमा दिवस मनाएको विद्यालयहरुले जनाएका छन् ।

महेन्द्र नमुना माबि खलंगा र स्रोत केन्द्र खलंगाको आयोजनामा जिल्ला सदरमुकाम क्षेत्रका सामुदायिक र संस्थागत बिद्यालयहरुले संयुक्त रुपमा महेन्द्र नमुना माबि खलंगामा दिवस मनाएको छ । यस्तै लेकम गाउँपालीका ५ मा रहेको लटिनाथ माबि चौपाता, शैल्यसिखर नगरपालीका सदरमुकाम गोकुलेश्वरमा रहेको गोकुलेश्वर माबि गोकुलेश्वर लगायत जिल्लाका धेरै बिद्यालयमा बिभिन्न कार्याक्रमको आयोजना गरी दिवस मनाइएको छ ।


महेन्द्र नमुना माबिमा सदरमुकाम आसपासका निजि र संस्थागत बिद्यालयको सहभागितामा संघिय नेपाल समृद्धिको आधार, गुणस्तरीय शिक्षा सबैको अधिकार शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरीएको थियो । प्रतियोगितामा प्रथम महेन्द्र माबिका सहभागि कैलास धामी, द्धितिय अनिसा ठगुन्ना, तृतिय एसियन एकेडेमिका रोसन भट्ट र सान्तना स्थान दार्चुला पब्लीक स्कुलका सहभागि सुसाङ्क कार्कीले प्राप्त गर्नुभएको छ ।  

समाजिक र मानिबिय समृद्धि र बिकासकालागी कार्यक्रमका सहभागि र अथितिहरुले गुणस्तरीय शिक्षामा जोड दिएका छन । देश संघिय संरचनामा बिभाजन भइसकेपछि अब स्थानिय तहमै गाउँ, नगर शिक्षा निमार्ण गरेर जनप्रतिनिधिहरुले स्तरीय सुहाउँदो शिक्षा निति बनाएर लागु गर्नुपर्ने जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिहले बताउँनुभएको छ ।

भोलीको जनसक्ती कस्तो बनाउँने भन्ने बिषयमा गम्भीर रुपमा स्थानिय तहले सोच्नुपर्नेमा सिहको जोड छ । अहिलेसम्म सबैकालागी शिक्षाकोलागी समाज लागेपनि अब जिवनप्रयत्न शिक्षाकोलागी पहल हुनुपर्ने बताउँनुभयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अब संख्यात्मक भन्दापनि गुणस्तरीय शिक्षामा सबैको ध्यान जानुपर्ने शुझाब दिनुभएको छ ।


शिक्षा क्षेत्रको सुधारकालागी राजनीति मुक्त हुनुपर्ने र शिक्षक, बिद्यार्थी, जनप्रतिनिधि, अभिभाबक सबैले इमानदार हुनुपर्ने बेला आएको जिल्ला समन्वय समिति संयोजक करबिर बहादुर कार्कीले बताउँनुभयो ।

महाकाली नगरपालीकाका मेयर हंसराज भट्टले नगरपालीकाले गुणस्तरीय शिक्षाकालागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यसकालागी अभिभाबक लगायत सबै पक्षको सहयोगको खाचो रहेको औल्याउँनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला