२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

‘सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार’

२०७४, २४ भाद्र शनिबार ०४:२१

भदौ २४, त्रिशूली (नुवाकोट) | जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान शुरु भएको छ । 

जिल्लामा रहेका आठ संस्थाले संयुक्त रुपमा सो अभियानको शुरुवात गरेका हुन् । सदरमुकाम विदुरमा शुक्रबार भएको कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरकारी कर्मचारीले सार्वजनिक रुपमा भ्रष्टाचारविरुद्धको अभियानपत्रमा हस्ताक्षर गरेर अभियानको शुरुवात गरेका हुन् । नागरिकको बढी चासो रहने र कामकाज हुने निकायमा आर्थिक लेनदेन तथा समयको भ्रष्टाचार हुँदै आएकामा सचेत नागरिकले चिन्ता व्यक्त गरेका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जिल्लालाई भ्रष्टाचारमुक्त बनाउनका लागि आफू सक्रिय हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार हुने गरेको छ । सामान्य कुरामा पनि नागरिकले आवाज उठाउन थाले मात्रै भ्रष्टाचारमुक्त जिल्ला बन्ने परिकल्पना साकार हुन्छ ।” 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनप्रतिनिधिहरु भ्रष्टाचारमुक्त जिल्लाको अभियानमा लागिरहेको र त्यसमा सबै निकाय, संघसंस्था र नागरिकको साथ आवश्यक पर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले सरकारी क्षेत्रमा मात्र नभई गैरसरकारी क्षेत्रमा समेत भ्रष्टाचार हुने गरेको तर्फ कम ध्यान जाने गरेको बताउनुभयो 

यसलाई अभियानका रुपमा निरन्तर सञ्चालन गरिने सिडिसी नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताउनुभयो । सो अभियान इन्सेक, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, नुवाकोट बार, सामुदायिक विकास केन्द्र, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल नागरिक समाज नुवाकोटलगायत संस्थाले संयुक्त रुपमा अघि बढाएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल