१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

‘सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार’

२४ भाद्र २०७४, शनिबार ०४:२१

भदौ २४, त्रिशूली (नुवाकोट) | जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान शुरु भएको छ । 

जिल्लामा रहेका आठ संस्थाले संयुक्त रुपमा सो अभियानको शुरुवात गरेका हुन् । सदरमुकाम विदुरमा शुक्रबार भएको कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरकारी कर्मचारीले सार्वजनिक रुपमा भ्रष्टाचारविरुद्धको अभियानपत्रमा हस्ताक्षर गरेर अभियानको शुरुवात गरेका हुन् । नागरिकको बढी चासो रहने र कामकाज हुने निकायमा आर्थिक लेनदेन तथा समयको भ्रष्टाचार हुँदै आएकामा सचेत नागरिकले चिन्ता व्यक्त गरेका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जिल्लालाई भ्रष्टाचारमुक्त बनाउनका लागि आफू सक्रिय हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार हुने गरेको छ । सामान्य कुरामा पनि नागरिकले आवाज उठाउन थाले मात्रै भ्रष्टाचारमुक्त जिल्ला बन्ने परिकल्पना साकार हुन्छ ।” 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनप्रतिनिधिहरु भ्रष्टाचारमुक्त जिल्लाको अभियानमा लागिरहेको र त्यसमा सबै निकाय, संघसंस्था र नागरिकको साथ आवश्यक पर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले सरकारी क्षेत्रमा मात्र नभई गैरसरकारी क्षेत्रमा समेत भ्रष्टाचार हुने गरेको तर्फ कम ध्यान जाने गरेको बताउनुभयो 

यसलाई अभियानका रुपमा निरन्तर सञ्चालन गरिने सिडिसी नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताउनुभयो । सो अभियान इन्सेक, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, नुवाकोट बार, सामुदायिक विकास केन्द्र, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल नागरिक समाज नुवाकोटलगायत संस्थाले संयुक्त रुपमा अघि बढाएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह