१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जवरजस्ती करणी गर्नेलाई २० वर्ष ६ महिना कैद

१५ चैत्र २०७२, सोमबार ०४:३६

गोबिन्द बिश्वकर्मा/चैत्र १५, सुर्खेत । सुर्खेत जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ हर्रेका २९ वर्षका वीरबहादुर टमटा (सुनार) लाई २० वर्ष ६ महिना कैद र एक लाख रुपैया जरिवाना हुने गरी फैसला गरिएको हो ।

७ बर्षकी बालिका नामथर परिवर्तित ६४ छिन्चु (क) र  ६ वर्षकी ६४ छिन्चु (ख) लाई सुनारले २०७२ साउन १ गते रक्सी खाई जवरजस्ती करणी गरेको भनी साउन १२ गते परिवर्तित नामथर रिमा खड्काले प्रहरीमा जाहेरी दिएकी थिईन । सुनारलाई प्रहरीले २०७२ साउन २४ गते पक्राउ गरी अभियोगका साथ २०७२ भदौ २ गते अदालतमा पेश गरेको र सुर्खेत जिल्ला अदालतले पुर्पक्षको लागि सोही दिन नै थुनामा राख्न पठाएको थियो ।

फैसलानुसार पिडित छिन्चु (क) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष कैद र पचास हजार रुपैया क्षतिपुर्ति एवं पिडित छिन्चु (ख) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष ६ महिना कैद र पचास हजार रुपैया क्षतिपुर्ति हुने ठहरी फैसला भएको भनी सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार श्री वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन