सल्लीबजार-चौरजहारी सडकखण्ड सुचारु

Posted on: 09 Sep, 2017


इन्द्र ब. बुढाथोकी/भदौ २४, सल्यान । सल्यान सल्लीबजार देखि रुकुम चौरजहारी सडकमा वर्षाद हटेसंगै गाडीहरू सन्चालनमा आएका छन । 

बिगत २ महिना देखि वर्षादका कारण  सडक अवरुद्ध भएको थियो । उक्त सडकमा  वर्शादको समयमा माथीबाट पहिरो आउनुका साथै सडकमा अत्यधिक खाल्डा खुल्डी परेका कारण गाडीहरु अवरुद्ध भएका थिए । 

केही दिन पहिला चौरजहारी नगरपालिका पहलमा ठुला ठुला पहिरो हटाएको र सडक डिभिजन कार्यालय दाङले राखेका सडकमा काम गर्ने लेन्थवरकरले विभिन्न ठाउँका खाल्डा खुल्डी पुरे पछि गाडीहरु सन्चालनमा आएको ना ५ ख ५१३७ का गाडी चालक कवेन्द्र बुढाथोकीले जानकारी दिएका छन । 

बिगत २ महिना देखि गाडी सन्चालन नहुदा गाडीको किस्ता तिर्ना पनि धौधौ भएको र बाध्यताले सडक राम्रो नहुदा नहुदै गाडी जोखिममा राखी गाडी सन्चालन गर्नु परेको ना ३ ख ६५७३ नम्बरका गाडिमालिक खिम ब रानाले बताएका छ्न ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!