२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जवरजस्ती करणी गर्नेलाई २० वर्ष ६ महिना कैद

२०७२, १५ चैत्र सोमबार ०४:५३

gobiचैत्र १५, सुर्खेत / सुर्खेत जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ हर्रेका २९ वर्षका वीरबहादुर टमटा (सुनार) लाई २० वर्ष ६ महिना कैद र एक लाख रुपैया जरिवाना हुने गरी फैसला गरिएको हो ।

७ बर्षकी बालिका नामथर परिवर्तित ६४ छिन्चु (क) र  ६ वर्षकी ६४ छिन्चु (ख) लाई सुनारले २०७२ साउन १ गते रक्सी खाई जवरजस्ती करणी गरेको भनी साउन १२ गते परिवर्तित नामथर रिमा खड्काले प्रहरीमा जाहेरी दिएकी थिईन । सुनारलाई प्रहरीले २०७२ साउन २४ गते पक्राउ गरी अभियोगका साथ २०७२ भदौ २ गते अदालतमा पेश गरेको र सुर्खेत जिल्ला अदालतले पुर्पक्षको लागि सोही दिन नै थुनामा राख्न पठाएको थियो ।

फैसलानुसार पिडित छिन्चु (क) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष कैद र पचास हजार रुपैया क्षतिपुर्ति एवं पिडित छिन्चु (ख) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष ६ महिना कैद र पचास हजार रुपैया क्षतिपुर्ति हुने ठहरी फैसला भएको भनी सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार श्री वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु