१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मर्यादित परिक्षा बनाउन केन्द्राध्यक्षलाई निर्देशन

१५ चैत्र २०७२, सोमबार ०८:३०

surkhet newsगोविन्द बिश्वकर्मा/ सुर्खेत, १५ चैत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले मर्यादित वातावरणमा एसएलसी परिक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा सोमबार कार्यालयले एक कार्यक्रमको आयोजना गरेर यही चैत्र १८ गतेबाट हुन लागेको एसएलसी परिक्षालाई मर्यादित बनाउन यस्तो निर्देशन दिएको हो ।

एसएलसी परिक्षामा हुन कुनैपनि अमर्यादित घटना रोक्न केन्द्राध्यक्षको भूमिका अहम रहने भएकाले स्थानीयसंग समन्वय गरेर परिक्षा सञ्चालन गर्न शिक्षा अधिकारीले निर्देशन दिएका छन् । परिक्षालाई स्वच्छ, मर्यादित शान्तिपूर्ण रुपमा व्यवस्थित बनाउन अधिकारी हमालले आग्रह पनि गरेका छन् । परिक्षालाई चिटमुक्त बनाउन सवैको साथ आवश्यक भएकाले केन्द्राध्यक्षले पनि परिक्षा अवधिमा त्यस्ता कार्यलाई रोक्न निर्देशन दिएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

साथै जिल्ला शिक्षा अधिकारी दीपा हमालले यस वर्षको परिक्षामा पनि सहभागि हुने विद्यार्थीहरुलाई मुस्कानसहित स्वागत गर्न र परिक्षा समयमा महिनावरी हुने छात्राहरुलाइ समस्या हुन सक्ने भन्दै त्यसमा ध्यान दिन केन्द्राध्यक्षलाई सहजिकरण गरिएको छ । एसएलसी परिक्षा समन्वय समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्यक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटाउने जानकारी दिएको सहायक जिल्ला शिक्षा अधिकारी धुव्रराज पौडेलले जानकारी दिए ।

उनका अनुसार परिक्षामा जनपद र सशस्त्र प्रहरी परिचालन हुनेछन् । तर थप प्रहरी आवश्यक भएमा प्रहरी कार्यालय तयारी अवस्थामा राख्ने प्रतिवद्धता जनाएको छ । परीक्षाको तयारी पूरा भैसकेको जिल्ला शिक्षा कार्यालयको भनाई छ । जिल्लामा यस बर्ष ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत बर्षको भन्दा एउटा परीक्षा केन्द्र यस पटक थप गरिएको हो ।

सबै परीक्षा केन्द्रहरुको भौतिक पूर्वाधारको अनुगमनको काम सकिएको जिल्ला शिक्षा अधिकारी एवं परीक्षा सञ्चालन समितिका सदस्य सचिव दिपा हमालले बताए । उनका अनुसार सम्बन्धित परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका र प्रश्न पत्र पठाउने काम भैरहेको छ । सुर्खेतमा यस बर्ष नियमित तर्फ ६ हजार ९९६ र एक्जाम्टेतर्फ ४ हजार ३२ जना गरेर ११ हजार २८ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । भर्ना भएका मध्य ७५ प्रतिशत हाजिरी पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन