२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मर्यादित परिक्षा बनाउन केन्द्राध्यक्षलाई निर्देशन

२०७२, १५ चैत्र सोमबार ०८:३०

surkhet newsगोविन्द बिश्वकर्मा/ सुर्खेत, १५ चैत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले मर्यादित वातावरणमा एसएलसी परिक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा सोमबार कार्यालयले एक कार्यक्रमको आयोजना गरेर यही चैत्र १८ गतेबाट हुन लागेको एसएलसी परिक्षालाई मर्यादित बनाउन यस्तो निर्देशन दिएको हो ।

एसएलसी परिक्षामा हुन कुनैपनि अमर्यादित घटना रोक्न केन्द्राध्यक्षको भूमिका अहम रहने भएकाले स्थानीयसंग समन्वय गरेर परिक्षा सञ्चालन गर्न शिक्षा अधिकारीले निर्देशन दिएका छन् । परिक्षालाई स्वच्छ, मर्यादित शान्तिपूर्ण रुपमा व्यवस्थित बनाउन अधिकारी हमालले आग्रह पनि गरेका छन् । परिक्षालाई चिटमुक्त बनाउन सवैको साथ आवश्यक भएकाले केन्द्राध्यक्षले पनि परिक्षा अवधिमा त्यस्ता कार्यलाई रोक्न निर्देशन दिएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

साथै जिल्ला शिक्षा अधिकारी दीपा हमालले यस वर्षको परिक्षामा पनि सहभागि हुने विद्यार्थीहरुलाई मुस्कानसहित स्वागत गर्न र परिक्षा समयमा महिनावरी हुने छात्राहरुलाइ समस्या हुन सक्ने भन्दै त्यसमा ध्यान दिन केन्द्राध्यक्षलाई सहजिकरण गरिएको छ । एसएलसी परिक्षा समन्वय समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्यक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटाउने जानकारी दिएको सहायक जिल्ला शिक्षा अधिकारी धुव्रराज पौडेलले जानकारी दिए ।

उनका अनुसार परिक्षामा जनपद र सशस्त्र प्रहरी परिचालन हुनेछन् । तर थप प्रहरी आवश्यक भएमा प्रहरी कार्यालय तयारी अवस्थामा राख्ने प्रतिवद्धता जनाएको छ । परीक्षाको तयारी पूरा भैसकेको जिल्ला शिक्षा कार्यालयको भनाई छ । जिल्लामा यस बर्ष ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत बर्षको भन्दा एउटा परीक्षा केन्द्र यस पटक थप गरिएको हो ।

सबै परीक्षा केन्द्रहरुको भौतिक पूर्वाधारको अनुगमनको काम सकिएको जिल्ला शिक्षा अधिकारी एवं परीक्षा सञ्चालन समितिका सदस्य सचिव दिपा हमालले बताए । उनका अनुसार सम्बन्धित परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका र प्रश्न पत्र पठाउने काम भैरहेको छ । सुर्खेतमा यस बर्ष नियमित तर्फ ६ हजार ९९६ र एक्जाम्टेतर्फ ४ हजार ३२ जना गरेर ११ हजार २८ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । भर्ना भएका मध्य ७५ प्रतिशत हाजिरी पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु