१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा भूकम्पपीडितका लागि घरमै पुगेर बैंक खाता

२५ भाद्र २०७४, आईतवार ०७:२५

भदौ २५, पर्वत। भूकम्पपीडितका लागि यहाँको एक निजी बैंक र जनप्रतिनिधि घरघरमै पुगेर खाता खोल्न थालेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्णरुपमा घरगोठ भत्केका सर्वसाधारणको बैंक खाता खोलिएको छ । 

कुश्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधिको पहल र गरिमा विकास बैंक कुश्मा शाखाको सक्रियतामा वडा कार्यालयमा शनिबार बैंक खाता खोलिएको छ । ५० जना सर्वसाधारणको बैंक खाता खोलिएको कुश्मा नगरपालिका–१४ का वडा सदस्य होमनाथ रिमालले जानकारी दिनुभयो । भूकम्पबाट घर गोठ भत्केर टहरा र पालमुनि बसेका सर्वसाधारणले गाउँमै बैंक खाता खोलिएपछि निकै खुशी भएका छन् । 

भूकम्पपीडितले घर बनाउने अनुदानको पहिलो किस्ता भुक्तानी लिने र यो हिउँदमा घर बनाउने अवसर पाउनेछन् । आर्थर डाँडाखर्कमा ६२ परिवारका घरगोठ पूर्णरुपमा क्षति भएका छन् । यसबाहेक पूर्णरुपमा घरगोठ क्षति भएर पनि पूर्णक्षतिमा नपरेका परिवारले वडा कार्यालयमार्फत गुनासो भरेका छन् । विवरण नमिलेका र सच्याउनुपर्ने परिवारलाई कुश्मा नै खाता खोल्ने व्यवस्था मिलाइएको वडा सदस्य रिमालले जानकारी दिनुभयो । 

बैंकले भूकम्पपीडितको अहिलेसम्म ४०० भन्दा बढी खाता खोलिसकेको कुश्मा शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह