३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रत्न पत्थर प्रशोधन तालिम सुरु

२६ चैत्र २०७२, शुक्रबार ०९:०१

गोविन्द बिश्वकर्मा/ चैत २६, सुर्खेत । ३ महिने रत्न पत्थर प्रशोधन तालिम शुक्रबार देखी वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ । एन टी आइ एस कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा सुर्खेतको आयोजनामा उक्त तालिम सुरु भएको हो । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय सुर्खेतका निर्देशक विनोद देव पन्तले तालिम प्रभावकारी रुपमा सिकेर ब्यवहारमा ल्याउन सकेमात्र तालिमको सिकेको महत्व हुने उनको भनाई छ ।

सिकेका कुरा ब्यवहारमा लागु गर्नका लागी तालिममा सिप सिक्नु पर्ने बताए । यसमा रोजगारीका अबसर नभए पनी स्वरोजगारका अबसर थुप्रै रहेको बताए ।उनले ब्यवसाय सचेतना तालिम लिएका सहभागी तथा अन्य सहभागी भएकाले तालिम प्रभावकारी हुने उनको भनाई थियो । बहुमुल्य रत्न पत्थर केहो यसको महत्व कस्तो छ भन्ने कुरा सचेतना तालिममा सिकेकाले समेत तालिम प्रभावकारी हुने पन्तको भनाई थियो । तालिम सञ्चालन पश्चात तालिमका सहभागीहरुलाई रोजगारीका अवसर प्रदान गर्ने योजना रहेको निर्देशक पन्तले बताए । यो क्षेत्रमा भएका वहुमुल्य पत्थरको वजारीकरणमा सहयोग पुग्ने उनको भनाई थियो । यो एउटा अभियान सुरु भएको छ ।

तालिममा लगनशिल र महेनती भएमात्र सफलता प्राप्त हुने भएकाले सहभागीहरु सिप सिक्न अग्रसर हुनु पर्ने वताए । तालिममा भारतबाट बहुमुल्य रत्न पत्थर प्रशोधन समवन्धी विज्ञ ल्याइने निर्देशक पन्तले बताए । निर्देशक पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम मेडेपका तारामान लिम्वु, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय सुर्खेतका उद्योग अधिकृत आईी चौधरी ,लगायतको उपस्थीत रहेको कार्यक्रमको सञ्चालन कार्यलयका वरिष्ठ लेखा अधिकृत माधव न्यौपानेले गरेका थिए ।

यसैबिच, ३ महिने ढाका बुनाई तालिम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय सुर्खेतको आयोजनामा सञ्चालित तालिम शुक्रवार सम्पन्न भएको हो । समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा सुर्खेतका निर्देशक विनोद देव पन्तले तालिम सिकेर मात्र नहुने भएकाले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नु पर्ने वताए । तालिममा सिकेका कुरा व्यवहारमा लागु गरे मात्र तालिम प्रभावकारी हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’