२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा सुत्केरी भुइँमा उपचार गराउन बाध्य

२०७४, २५ भाद्र आईतवार ०९:५४

भदौ २५, चितवन। भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । 

अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउनुहुन्छ । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् । 

महानगरमा प्रमुख र उपप्रमुखको शपथपछिको ३२ औं दिनका दिन आज दोस्रो पटक भरतपुर अस्पताल पुग्नुभएका उहाँहरुले प्रसूति गृहको निरीक्षण गर्नुभएको थियो । प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह जब प्रसूति गृह पस्नुभयो, भुइँभरी प्रसव अवस्थाका बिरामी महिला देख्नुभयो । त्यसो त शपथका दिन पहिलो निर्णय नै उहाँहरुले महिला र वृद्धका लागि अस्पतालमा बहिरङ्ग टिकट निःशुल्क गराउनुभएको थियो । 

श्ययाको अभावमा कष्टकर अवस्था देखेपछि प्रमुख दाहालले आउँदा दिनमा सो अवस्था नरहने गरी काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सक्दो सहयोग महानगरले गर्छ, आवश्यक पहल केन्द्रमा पनि गर्छु, तपाईँ झै अब महिलाले भुइँमा सुतेर उपचार गर्नुपर्दैन ।” उहाँले अस्पतालका स्रोत साधनलाई अधिकतम उपयोग गरी बिरामीको उपचारमा लाग्न निर्देशन पनि दिनुभयो । उपप्रमुख ठकुरीले पनि महानगरभित्रै महिलाले कष्टपूर्ण ढंगले प्रसूति सेवा लिन नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

अस्पतालको प्रसूति गृहमा एक सय १० श्यया छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रुद्र मरासिनीले वार्षिक रुपमा १४ हजारभन्दा बढी महिलाले अस्पतालबाट प्रसूति सेवा लिने गरेको बताउनुभयो । राजधानीको प्रसूति गृहपछि नेपालमा सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल रहेको बताइएको छ । अस्पतालमा आठ प्रसूति रोग विशेषज्ञ छन् । 

अस्पतालको निरीक्षणका क्रममा मरासिनीले कम्तीमा ५० श्ययाको प्रसूतिरोग विभाग जरुरत रहेको बताउनुभयो । त्यसैगरी जनशक्ति अभाव रहेको, आकस्मिक कक्ष साँघुरो भएको बताउँदै एमआरआई, क्याथल्याब र मानव अंग प्रत्यारोपणका लागि आवश्यक उपकरण व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

वर्षात्को समयमा पानी जमेर अस्पताल अस्तव्यस्त हुने हुँदा ढलका लागि पनि पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट वर्षमा दुई लाख भन्दा बढीले उपचार सेवा लिँदै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल