१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा जेठपछि भित्रिएका तीनपाङ्ग्रे सवारीलाई निषेध

२५ भाद्र २०७४, आईतवार ११:२४

भदौ २५, चितवन। चितवनको भरतपुर महानगरपालिकाले यहाँको यातायात व्यवस्थापनमा समस्या देखिएपछि गएको जेठयता भित्रिएका तीन पाङ्ग्रे सवारीलाई चक्रपथमा निषेध गर्ने निर्णय गरेको छ । 

वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको जेठदेखि चितवनमा सञ्चालनमा आएको तीनपाङ्ग्रे सवारीलाई आगामी असोज १ गतेदेखि लागू हुने गरी रिङरोडमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिनुभयो । 

उक्त निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । असोज १ गतेसम्म सूचनामार्फत सबैलाई जानकारी गराउने नगरपालिकाको योजना छ । “जेठअघि नै आएका तीनपाङ्ग्रे भने जोर बिजोर प्रणालीमा चल्छन्, पछि भित्रिएका अरू चक्रपथमा चल्दैनन्,” ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भन्नुभयो । 

पन्तका अनुसार पटकपटक पत्राचार गरेर तीनपाङ्ग्रेलाई नपठाउन आग्रह गर्दा पनि जेठपछि धमाधम ती सवारी आएकाले यस्तो निर्णय गरिएको हो । चितवनको भरतपुर बसपार्क, बाइपास रोड, आँपटारी, नारायणगढ, चौविसकोठी, हाकिमचोक हुँदै यहाँ चक्रपथका रुपमा सवारी सञ्चालन हुन्छन् । महानगरपालिकाले बजार क्षेत्रको निश्चित स्थानमा पार्किङको व्यवस्था गर्ने, चक्रपथभित्र जोर बिजोर प्रणालीमा तीनपाङ्ग्रे सवारी सञ्चालन गर्ने, अर्काे व्यवस्था नभएसम्म ठेला व्यवसायलाई कालोपत्र सडक क्षेत्रमा राख्न नदिने, व्यापारीलाई आफ्नो पसलभन्दा बाहिर सामान राखेर व्यवसाय गर्न नदिने निर्णयसमेत भएको नगरपालिकाले जनाएको छ । 

यस्तै चितवनको पुलचोक क्षेत्रका लागि नारायणी किनारमा सवारी पार्किङ गर्नुपर्ने, लायन्स चोक आसपासका लागि गणेश चलचित्र हल पछाडिको खाली चौरमा र भरतपुर चौविसकोठीका सवारीलाई भने चितवन माविको खाली जग्गा र जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा पार्किङको व्यवस्थापन गर्ने निर्णय भएको समेत नगरपालिकाले जनाएको छ । चितवनको भरतपुर नारायणगढ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा बजार अस्तव्यस्त बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह