१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चार दिनपछि सकियो महाकाली नाच

२५ भाद्र २०७४, आईतवार ११:३०

भदौ २५, भक्तपुर। अट्ठाइस वर्षपछि शुरु भएको चार दिन लामो महाकाली नाच आजदेखि सकिएको छ । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा मिलन केन्द्र आबद्ध युवाको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि यो नाच सञ्चालन गरिएको हो । 

गत २१ गते राति मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथको पूजा गरी शुरु भएको यो नाच प्रत्येक दिन टोलटोलमा गएर नचाइएको समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो । नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिको विभिन्न टोल र चोकचोकमा नचाइएको थियो । 

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा यो नाच सातदेखि नौ तालमा नाचिने बताउनुभयो । नाचमा देवी एक, महालक्ष्मी एक, वेता चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्याः दुई, माकः दुई गरी १५ जना टोली हुन्छ । 

नाच सञ्चालनका लागि मध्यपुरथिमि नगरपालिका, कलाकार, समिति आबद्ध व्यक्ति, स्थानीय बासिन्दा र सङ्घसंस्थाहरुबाट रकम संकलन गरेर नाच सञ्चालन गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार यो नाचलाई अब हरेक वर्ष सञ्चालन गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह