२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा दशैँमा पनि चामल अभाव हुने

२०७४, २७ भाद्र मंगलवार १०:३२

भदौ २७,जाजरकोट। जिल्लाको बारेकोट क्षेत्रमा दशँैमा समेत चामल अभाव हुने भएको छ । 

चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशँैअघि चामल पुग्ने अवस्था छैन । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाँउ, मूल्यमा, जिरी, समाकोट, गोठगाउँलगायतका गाउँमा खाद्य संकट परेको छ । 

गाउँमा किनेर खान पनि अन्न छैन । गाउँमै उत्पादित अन्नले वर्ष दिनमा ६ महिना समेत खान पुग्दैन । बाँकी महिना खाद्य संस्थानकै चामलको भर पर्नुपर्छ । यातायात असुविधा र बाटोघाटो निकै अफ्ठ्यारो भएकाले निजी क्षेत्रका व्यापारीले बिक्रीको लागि चामल नलिँदा थप समस्या भएको हो । 

यतिबेला चामलको माग अत्यधिक छ । तर डिपो रित्तै छ । खाद्य संस्थानले चालु आर्थिक वर्ष २०७४÷७५ को चामल ढुवानीको लागि बोलपत्र आह्वान गरी सपना एण्ड सरोज कन्सट्रक्सन सेवा खलंगा– २ का नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । 

तर १५ दिने सूचना जारी गरेर सल्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको छ । सप्लायर्सलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्ने म्याद दिइएको छ । सो म्यादको अन्तिम मिती असोज ७ मा पुग्छ । असोज ५ गतेदेखि दशैँ शुरु भइहाल्छ । ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ । 

“हामीले दशँै अघि बारेकोटमा चामल पु¥याउने कोसिस गरिरहेका छाँै,” खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले भन्नुभयो । सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डिपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताउनुभयो । 

अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन । खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर रहनुभएको छ । निमित्त प्रमुख रामप्रसाद पौडेल आफूलाई यसबारे जानकारी नभएको बताउनुहुन्छ । 

सप्लायर्सले आगामी असारभित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट गाउँका डिपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन् । प्रति क्वीन्टल चामल रु एक हजार ४७५ मा ढुवानी गर्ने गरी बिहीबार ठेक्का स्वीकृत भएको छ । बाटो बिग्रेकाले यतिबेला सदरमुकामबाटै घोडा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ । 

तिहारपछि बाटो मर्मत भई आधा बाटोसम्म ट्याक्टर चल्ने भएकाले त्यतिखेर ठेकदारलाई ढुवानीमा सस्तो पर्ने हुन्छ । तत्काल ठेकदारले चामल ढुवानी गर्नेमा स्थानीयवासीले आशंका गरेका छन् । सदरमुकामबाट बारेकोटसम्म खच्चडमार्फत ढसवानी गर्दा प्रतिक्वीन्टल रु दुई हजार तिर्नुपर्छ । बारेकोट गाउँपालिका– ४ का वडाध्यक्ष सिर्जना बस्नेतले दशैँ अघि चामलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

“दुई छाक भात खान पाए हाम्रा लागि त्यही ठूलो दशँै हुने थियो’,उहाँले भन्नुभयो । उहाँले तत्काल चामल पठाउन सरकारसँग माग गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा