२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा निषेधाज्ञा जारी, केही खुकुलो पारीयो

२०७२, १५ भाद्र मंगलवार ०१:०८

प्रभात सुवेदी । भदौ १५, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको सदरमुकाम गुलरिया र राजापुर नगरपालीकाका केहि स्थानमा अर्को आदेश जारी नभए सम्मका लागि जारी गरेको निषेधाज्ञा निरन्तर रहेको छ । थरुहट/थारुवान र मधेशी मोर्चाको आन्दोलनको कारण हुन सक्ने तनावलाई नियन्त्रण लागू गरिएको निषेधाज्ञाको दायरा भने केही घटाइएको छ ।

निषेधाज्ञा जारी गरिएको स्थानमा धर्ना, जुलुस र सभा गर्न, कुनै पनि घरेलु हातहतियार , विस्फोटक पदार्थ बोतल तथा कुनै भाडामा पेट्रोल, डिजल जस्ता ज्वलनशिल पदार्थहरु साथमा लिएर हिड्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुवरले जानकारी दिनुभयो । यो आदेशको उल्लंघन गर्नेलाई प्रहरीले तुरुन्त पक्राउ गरी कानुन बमोजिम कारवाही चलाउने र यदि यो नियम बर्खिलाप गरी विना स्वकृति आवतजावत वा निषेधित कार्यहरु गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले गोलि समेत चलाउन सक्ने प्रजिअ कुँवरले बताउनु भयो ।

बर्दियाको सदरमुकाम गुलरियाको पूर्वमा निलो आयल पेटोल पम्प, पश्चिममाः बसपार्क हुदै राधाकृष्ण चोकको दक्षिण भागसम्म दक्षिणमाः भन्सार रोड जाने शिवालय चोक, जिल्ला कृषि विकास उत्तरमाः मिलनचोक, कृषि विकास बैक चोक, सन्तोषी मन्दिर चोकमामा भन्सार रोड जाने शिवालय चोक , जिल्ला कृषि विकास कार्यलय सम्म विहान ११ बजे देखि साँझ ६ बजे सम्म निषेधाज्ञा जारी गरिएकोे छ ।
यसैगरीे राजापुर नगरपालीकाको पूर्वमा मुरकट्टा नाला, पश्चिममा इलाका वन कार्यालय, उत्तरमा राजापुर चोक र दक्षिणमा सिनेमा हलमा विहान ११बजेदेखि साँझ ६बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।

जारीआन्दोलनलाई ध्यानमा राखि यस बाट हुन सक्ने अराजक, हिंस्रक, झडपको स्थिति, विभिन्न स्थानहरुमा बन्द, घेराउ, तालाबन्दी, तोडफोड जस्ता हुल दंगा, अशान्ति र हिंस्रक क्रियाकलाप हुन सक्ने सम्भावना भएकोले सर्वसाधरणको जीउधनको सुरक्षाको साथै शान्ति, सु–व्यवस्था र सार्वजनिक अमन चयन, सहिष्णुता, पारस्पारिक सद्भाव र भाईचारा कायम राख्न अति आवश्यक देखिएको भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु