१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा निषेधाज्ञा जारी, केही खुकुलो पारीयो

१५ भाद्र २०७२, मंगलवार ०१:३४

sabchan

प्रभात सुवेदी । भदौ १४, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको सदरमुकाम गुलरिया र राजापुर नगरपालीकाका केहि स्थानमा अर्को आदेश जारी नभए सम्मका लागि जारी गरेको निषेधाज्ञा निरन्तर रहेको छ । थरुहट/थारुवान र मधेशी मोर्चाको आन्दोलनको कारण हुन सक्ने तनावलाई नियन्त्रण लागू गरिएको निषेधाज्ञाको दायरा भने केही घटाइएको छ ।

निषेधाज्ञा जारी गरिएको स्थानमा धर्ना, जुलुस र सभा गर्न, कुनै पनि घरेलु हातहतियार , विस्फोटक पदार्थ बोतल तथा कुनै भाडामा पेट्रोल, डिजल जस्ता ज्वलनशिल पदार्थहरु साथमा लिएर हिड्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुवरले जानकारी दिनुभयो । यो आदेशको उल्लंघन गर्नेलाई प्रहरीले तुरुन्त पक्राउ गरी कानुन बमोजिम कारवाही चलाउने र यदि यो नियम बर्खिलाप गरी विना स्वकृति आवतजावत वा निषेधित कार्यहरु गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले गोलि समेत चलाउन सक्ने प्रजिअ कुँवरले बताउनु भयो ।

बर्दियाको सदरमुकाम गुलरियाको पूर्वमा निलो आयल पेटोल पम्प, पश्चिममाः बसपार्क हुदै राधाकृष्ण चोकको दक्षिण भागसम्म दक्षिणमाः भन्सार रोड जाने शिवालय चोक, जिल्ला कृषि विकास उत्तरमाः मिलनचोक, कृषि विकास बैक चोक, सन्तोषी मन्दिर चोकमामा भन्सार रोड जाने शिवालय चोक , जिल्ला कृषि विकास कार्यलय सम्म विहान ११ बजे देखि साँझ ६ बजे सम्म निषेधाज्ञा जारी गरिएकोे छ ।
यसैगरीे राजापुर नगरपालीकाको पूर्वमा मुरकट्टा नाला, पश्चिममा इलाका वन कार्यालय, उत्तरमा राजापुर चोक र दक्षिणमा सिनेमा हलमा विहान ११बजेदेखि साँझ ६बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।

जारीआन्दोलनलाई ध्यानमा राखि यस बाट हुन सक्ने अराजक, हिंस्रक, झडपको स्थिति, विभिन्न स्थानहरुमा बन्द, घेराउ, तालाबन्दी, तोडफोड जस्ता हुल दंगा, अशान्ति र हिंस्रक क्रियाकलाप हुन सक्ने सम्भावना भएकोले सर्वसाधरणको जीउधनको सुरक्षाको साथै शान्ति, सु–व्यवस्था र सार्वजनिक अमन चयन, सहिष्णुता, पारस्पारिक सद्भाव र भाईचारा कायम राख्न अति आवश्यक देखिएको भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार