पर्वत । एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी संघात्मक प्रणालीमार्फत पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भइ अन्य गाउँ÷नगरमा योजना कार्यान्वयन अगाडि बढि सक्दा पनि कुश्मा नगरपालिकाले समयमै नगरपरिषद गर्न नसक्नुमा माओवादी केन्द्रका स्थानीय सरकार संचालन सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी संघात्मक प्रणालीमार्फत पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भइ अन्य गाउँ÷नगरमा योजना कार्यान्वयन अगाडि बढि सक्दा पनि कुश्मा नगरपालिकाले समयमै नगरपरिषद गर्न नसक्नुमा माओवादी केन्द्रका स्थानीय सरकार संचालन सहयो"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजनीतिक दम्भले नगरको विकास हुन सक्दैन– गिरी

२७ भाद्र २०७४, मंगलवार ११:३६

पर्वत । एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी संघात्मक प्रणालीमार्फत पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भइ अन्य गाउँ÷नगरमा योजना कार्यान्वयन अगाडि बढि सक्दा पनि कुश्मा नगरपालिकाले समयमै नगरपरिषद गर्न नसक्नुमा माओवादी केन्द्रका स्थानीय सरकार संचालन सहयोग समितिका प्रमुख शंकर गिरीले दुखद भएको बताएका छन् ।

 कुुश्मा नगरपालिकालाई लामो समयदेखि एमाले र काँग्रेसले बन्दक बनाउँदा नगरसभा हुन नसकेको प्रति खेद प्रकट गर्दै गिरीले राजनीतिक भागभण्डामा नगरलाई लैजान खोजेको आरोप लगाए ।

 संघीयताको मुल मर्म निर्वाचित जनप्रतिनिधिहरुले नबुझेको र नगरपालिकालाई पार्टीको झण्डाको आँखाद्वारा हेर्ने र नागरिकलाई सास्ती दिने काम भएको उनले बताए । 

नगरलाई राजनीतिक बन्दक  बनाउने र भागबण्डका आधारमा नगरपालिकामा लुटतन्त्र मच्चाउने सडयन्त्र रच्न खोजिएको त होइन ? भन्ने आशंका छ ।, लामो समय नगरसभा हुन नदिने र अहिले ठोस विषय बाहिर नआइपुग्दै एकाएक नगरसभाको तयारी हुनुले आशंका पैदा गरेको उनले बताए । 

पहिले के कारणले नगरसभा हुन दिइएन र अहिले कुन विषयमा सहमति भयो त्यसको बारेमा कसैलाई जानकार छैन । नगरमा आआफ्नो दम्भ देखाइयो । हलो अट्काउने र गोरु चुट्ने काम भयो यस्तो कार्यले नगरपालिका समृद्ध हुन सक्दैन उनले भने ।

नगरको विकास र समृद्धिको लागि स्थानीय राजनीतिक दल, सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढेमात्रै नगरको विकास हुने भन्दै गिरीले कसैले पनि दम्भ देखाउन नहुने बताए ।

राजनीतिक आँखाले नभई विधि र पद्दती अनुसार नगरपालिकालाई चलाउन सके मात्रै समृद्ध हुनेमा उनको जोड छ ।

उनले सवैको जनसहभागीतामा नगरपालिकालाई संचालन गर्न भन्दै २८ वटा कार्ययोजना सहित मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह