२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

तीजका भाखामा चेतनाका स्वरहरु

२५ भाद्र २०७२, शुक्रबार १८:२९

bardiya teej

प्रभात सुवेदी । भदौ २६, बर्दिया । जिल्ला स्थित सुर्यपटुवा गाविस अन्तर्गत ओरालीबजारमा शुक्रबार चेलीबेटी बेचबिखन विरुद्ध चेतनामूलक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ ।

विभिन्न व्यक्तिहरु तथा महिला तथा बालबालिकाहरुको सवालमा काम गर्दै आएका माइती नेपाल, साथी संस्था लगायतसँगको सहकार्यमा स्थानीय अगुवा महिलाहरुको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको हो । १० ओटा समूहहरुको सहभागीता रहेको यो प्रतियोगितामा संगिनी समूह सानोश्री, श्री कृष्ण सामुदायक वन समूह र नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय ढोढरी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने सान्त्वना ओराली समूह भएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै कार्यक्रम सफल पार्नका लगि सहयोग गर्नुहुने महानुभावहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष अन्जु ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले गर्नुभएको थियो । साथै कार्यक्रमलाई माइती नेपाल, खाता जैविक मार्ग व्यवस्थापन समिति, सौगात बेल सर्वत उद्योगले प्रायोजन गरेका थिए भने धेरै महानुभावहरुको व्यक्तिगत सहयोग रहेको थियो ।

bardiya teej2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला