प्रभात सुवेदी/ भदौ २८, बर्दिया । चौतारी टोल विकास संस्थाले सानेश्रीताराताल नगरपालिका वडा नं.६ मा शनिवार कान शिविर सम्पन्न गरेको छ ।
१ सय ३८ जना महिला गरी जम्मा २ सय ८१ जनाको कान परीक्षण गरिएकोमा २५ जनाको भने अप्रेशन गर्नका लागि नेपालगञ्ज पठाइने भएको छ । उनीहरुको अप्रेशन निःशुल्क गरिने चौतारी टोल विकास संस्थाका अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो ।
शिविरमा आएका कानका समस्या भएकाहरुमा कान पाक्ने, श्रवण क्षमता ह्रास भएका लगायतका रहेको नेपाल रेडक्रस सोसाईटी बर्दियाका कान सहायक दीपक वि.सी. ले जानकारी दिनुभयो ।