प्रज्वल पाैडेल/भदाै ३१, काठमाण्डौ । रामेछाप सांस्कृतिक कलाकार समाजले दशैँ- तिहारको अवसरमा स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/भदाै ३१, काठमाण्डौ । रामेछाप सांस्कृतिक कलाकार समाजले दशैँ- तिहारको अवसरमा स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको "/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछाप साँस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै


प्रज्वल पाैडेल/भदाै ३१, काठमाण्डौ ।
रामेछाप सांस्कृतिक कलाकार समाजले दशैँ- तिहारको अवसरमा स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

काठमाण्डाै सामाखुसिस्थित स्काई पार्टि प्यालेसमा अाज (शनिवार) रामेछापका सांसद एवं गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठद्धारा कार्यक्रम उद्घाटन गर्ने अायाेजकले जनाएकाे छ । त्यसैगरी रामेछापका माननीय सांसद अाङटावा शेर्पा र कमला सुवेदीकाे विशिष्ट अातिथ्यता रहने उक्त रामेछापका महत्त्वपूर्ण व्यक्तित्वहरूकाे सहभागीता हुने समाजका अध्यक्ष प्रकाश कटुवाललले जानकारी दिनुभयाे ।

कार्यक्रममा रामेछाप जिल्लामा जन्मिएर विभिन्न विद्यामा उत्कृष्ठ हुने १० जना व्यक्तिहरुलाई समाजले सम्मान गर्ने वरिष्ठ उपाध्यक्ष रामकुमार पाैडेलले जानकारी दिनुभयाे । उहाँका अनुसार सम्मानित हुनेहरुमा सहसचिव बेदबहादुर कार्की,पत्रकार मात्रिका पाैडेल,खेलाडी भावना सुनुवार,अभिनेत्री मिथिला शर्मा, लोक गायक नारायण रायमाझी, लोक गायक रेसम थापा, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, कलाकार अमृत बहादुर सुनुवार र समाजसेवी रमेशबाबू श्रेष्ठ रहनुभएकाे छ ।

रामेछाप लगाएत देशका चर्चित कलाकारहरूकाे प्रस्तुति रहने उक्त बृहत साँस्कृतिक कार्यक्रम विहान ११ बजेबाट सुरू हुनेछ भने दिउँसाे १ बजेबाट अाैपचारिक कार्यक्रम गरिने समाजले जनाएको छ ।

रामेछापका पुर्व सांसददेखि राष्ट्रसेवक कर्मचारीदेखि स्थानिय निर्वाचित सबै गाउँपालिका र नगरपालिकाका प्रमुख,उपप्रमु देखि सबै राजनिती दलहरुका प्रतिनिधि र विभिन्न भातृ संगठनका प्रतिनिधि, कलाप्रेमीहरु सबैलाइ निमन्त्रणा गरिएकाे अायाेजकले जनाएको छ ।

“नयाँलाई प्रोत्साहन, पुरानालाई सम्मान, कलाकारिताको उत्थानको लागि हाम्रो अभियान” मुल नारा सहित स्थापना भएको रामेछाप सास्कृतिक समाजले विगतदेखिनै विभिन्न कार्यक्रम गर्दै आएकाे छ । संस्थाले जिल्लामा नै छुट्टै कार्यक्रमकाे अायाेजना गरिने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई