२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

झम्के साँझमा झमक आउँदा आँखामा आँशु

२०७२, २१ आश्विन बिहीबार २२:३५

jhamak

प्रभात सुवेदी।साउन २२, बर्दिया । यतिखेर बर्दियाको भूमि साहित्यिक सिर्जनाहरुले रङ्गिचङ्गी हुँदैछ । स्रष्टाहरुको जमातमा बृद्धि भैरेहेको छ । साहित्य चेतनाको द्वार पनि हो समाजको ऐना र परिवर्तनको संवाहक मानिन्छ साहित्यलाई । यसै प्रसङ्गमा बर्दियामा विहीबार साँझ “झमक पुष्पाञ्जली” लोकार्पण गरिएको छ ।

जीवनको उर्जाशील समय अध्यापन पेशामा लाग्नुभएका र पछिल्लो समयमा साहित्य, दर्शन तथा शास्त्राध्यानमा लाग्नुभएका बर्दियाली अग्रज व्यक्तित्व खगेश्वर गौतम् विरचित खण्डकाव्य ‘झमक पुष्पाञ्जली’ को गुलरिया स्थिति वेदव्यास वाटिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा आफ्ना शुभेच्छात्मक अभिव्यक्तिहरु राख्दै साहित्यले मानिसलाई जीवन र जगत बुझ्न प्रेरणा दिने भएकालेले स्रष्टा खगेश्वर गौतमले झमकको कृति ‘जीवन काँडा कि पूmल’ मा आधारित भएर लेख्नुभएको कृतिमाथिको यो कृति निकै नै सान्दर्भिक मर्मस्पर्शी रहेको बताउँदै, ‘म तपाईहरुको सेवक नै हुँ, यहाँहरुले नै मलाई यस्ता प्रकारका कार्यहरुमा डो¥याउँदै लैजानुभयो भने प्रत्येक पाइला पाइलामा साथ दिन तयार छु ।’

hamak

कार्यक्रममा बोल्दै स्रष्टा खगेश्वर गौतमले यो मेरो पहिलो प्रयास हो । यसको प्रेरणाको स्रोत भनेकै उनै महान र असाधारण नारी प्रतिभा झमक नै हुनुनुहन्छ, उहाँको लेखनी र जीवनाभूतिले नै मालाई कलम समात्न जागृत गरायो । ‘फरक क्षमताको हुँदाहुँदै पनि उहाँले यस्तो अद्भूत प्रतिभालाई साहित्यका माध्यमबाट समाजलाई पस्किनुभयो भने हामी सबलाङ्ग भनिनेहरुले केही गर्नै सकेका रहेनछौं ।’ उहाँले भन्नुभयो ।

अझ खासगरी झमकको अघिल्लो वर्ष मदन पुरस्कार प्राप्त गरेको कृति ‘जीवन काँडा कि पूmल’ पढेपछि म उहाँले पाउनुभएको दुःख कष्ट र सामाजिक अपेहलना अनि समाज र घरपरिवारले गरेको व्यवहारले मेरो मनमा तीखो प्रहार भयो । केही प्रसङ्गहरु कोट्याउँदै गर्दा उहाँ भावुक हुनुभयो, आँखाबाट आशु झरे, उपस्थित सम्पुर्ण व्यक्तित्वहरुमा केहीक्षण सन्नाटा छाएको थियो । ‘यसैबाट प्रेरित भएर यो कृति लेखें ।’ स्रष्टा गौतमले भन्नुभयो ।

कार्यक्रममा कृतिमाथिको समिक्षा कवि विष्णुप्रसाद मरासिनीले गर्नुभएको थियो भने बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदकुमार अग्रवाल लगायतले कृतिमा मानवतावादी आवाज उठेको, अपाङ्ग बालक जन्मिँदा समाजले गर्ने व्यवहार झल्केको छ । साथै यो कृतिमा आध्यात्मिक र देशभक्तिको भावना झल्केको बताउनुभयो ।

बर्दियाली साहित्य समाजका उपाध्यक्ष मणी शर्माले स्वागत गर्दै जिल्ला प्रशाशन कार्यालयले कार्यालय छेउमा रहेको ऐलानी जग्गा उपलब्ध गराइदिएमा साहित्य समाजको भवन निर्माण गर्न सहज हुने भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष माग प्रस्तुत गर्नुभएको थियो ।

र्बिर्दयाली साहित्य समाजका अध्यक्ष कवि इन्द्रराज पौडेलले समापन मन्तव्यका क्रममा बर्दियाली पत्रकारहरुले साहित्य भनेपछि निकै नै घृणा गरेको र अन्य जिल्लाहरुमा जस्तो पत्रकारहरुले साहित्यलाई ध्यान नदिएको गुनासो गर्दै एकपटक आम पत्रकारहरुलाई पनि भोलीका सन्ततीहरुप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन बर्दियाली साहित्य समाजका अध्यक्ष हरिहर शर्मा आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से