२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

झम्के साँझमा झमक आउँदा आँखामा आँशु

२१ आश्विन २०७२, बिहीबार २२:३५

jhamak

प्रभात सुवेदी।साउन २२, बर्दिया । यतिखेर बर्दियाको भूमि साहित्यिक सिर्जनाहरुले रङ्गिचङ्गी हुँदैछ । स्रष्टाहरुको जमातमा बृद्धि भैरेहेको छ । साहित्य चेतनाको द्वार पनि हो समाजको ऐना र परिवर्तनको संवाहक मानिन्छ साहित्यलाई । यसै प्रसङ्गमा बर्दियामा विहीबार साँझ “झमक पुष्पाञ्जली” लोकार्पण गरिएको छ ।

जीवनको उर्जाशील समय अध्यापन पेशामा लाग्नुभएका र पछिल्लो समयमा साहित्य, दर्शन तथा शास्त्राध्यानमा लाग्नुभएका बर्दियाली अग्रज व्यक्तित्व खगेश्वर गौतम् विरचित खण्डकाव्य ‘झमक पुष्पाञ्जली’ को गुलरिया स्थिति वेदव्यास वाटिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा आफ्ना शुभेच्छात्मक अभिव्यक्तिहरु राख्दै साहित्यले मानिसलाई जीवन र जगत बुझ्न प्रेरणा दिने भएकालेले स्रष्टा खगेश्वर गौतमले झमकको कृति ‘जीवन काँडा कि पूmल’ मा आधारित भएर लेख्नुभएको कृतिमाथिको यो कृति निकै नै सान्दर्भिक मर्मस्पर्शी रहेको बताउँदै, ‘म तपाईहरुको सेवक नै हुँ, यहाँहरुले नै मलाई यस्ता प्रकारका कार्यहरुमा डो¥याउँदै लैजानुभयो भने प्रत्येक पाइला पाइलामा साथ दिन तयार छु ।’

hamak

कार्यक्रममा बोल्दै स्रष्टा खगेश्वर गौतमले यो मेरो पहिलो प्रयास हो । यसको प्रेरणाको स्रोत भनेकै उनै महान र असाधारण नारी प्रतिभा झमक नै हुनुनुहन्छ, उहाँको लेखनी र जीवनाभूतिले नै मालाई कलम समात्न जागृत गरायो । ‘फरक क्षमताको हुँदाहुँदै पनि उहाँले यस्तो अद्भूत प्रतिभालाई साहित्यका माध्यमबाट समाजलाई पस्किनुभयो भने हामी सबलाङ्ग भनिनेहरुले केही गर्नै सकेका रहेनछौं ।’ उहाँले भन्नुभयो ।

अझ खासगरी झमकको अघिल्लो वर्ष मदन पुरस्कार प्राप्त गरेको कृति ‘जीवन काँडा कि पूmल’ पढेपछि म उहाँले पाउनुभएको दुःख कष्ट र सामाजिक अपेहलना अनि समाज र घरपरिवारले गरेको व्यवहारले मेरो मनमा तीखो प्रहार भयो । केही प्रसङ्गहरु कोट्याउँदै गर्दा उहाँ भावुक हुनुभयो, आँखाबाट आशु झरे, उपस्थित सम्पुर्ण व्यक्तित्वहरुमा केहीक्षण सन्नाटा छाएको थियो । ‘यसैबाट प्रेरित भएर यो कृति लेखें ।’ स्रष्टा गौतमले भन्नुभयो ।

कार्यक्रममा कृतिमाथिको समिक्षा कवि विष्णुप्रसाद मरासिनीले गर्नुभएको थियो भने बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदकुमार अग्रवाल लगायतले कृतिमा मानवतावादी आवाज उठेको, अपाङ्ग बालक जन्मिँदा समाजले गर्ने व्यवहार झल्केको छ । साथै यो कृतिमा आध्यात्मिक र देशभक्तिको भावना झल्केको बताउनुभयो ।

बर्दियाली साहित्य समाजका उपाध्यक्ष मणी शर्माले स्वागत गर्दै जिल्ला प्रशाशन कार्यालयले कार्यालय छेउमा रहेको ऐलानी जग्गा उपलब्ध गराइदिएमा साहित्य समाजको भवन निर्माण गर्न सहज हुने भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष माग प्रस्तुत गर्नुभएको थियो ।

र्बिर्दयाली साहित्य समाजका अध्यक्ष कवि इन्द्रराज पौडेलले समापन मन्तव्यका क्रममा बर्दियाली पत्रकारहरुले साहित्य भनेपछि निकै नै घृणा गरेको र अन्य जिल्लाहरुमा जस्तो पत्रकारहरुले साहित्यलाई ध्यान नदिएको गुनासो गर्दै एकपटक आम पत्रकारहरुलाई पनि भोलीका सन्ततीहरुप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन बर्दियाली साहित्य समाजका अध्यक्ष हरिहर शर्मा आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट