पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणला"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

रोट्याक्टको पिएस मिट सम्पन्न

३१ भाद्र २०७४, शनिबार ०७:४०

पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणलाल श्रेष्ठले उद्घाटन गरे ।

श्रेष्ठले रोट्याकट क्लव यूवाहरुको ढूकढकी भएको वताउदै देशको यूवा शक्तिलाई सकारात्मक काममा लगाउनू राज्यको दायित्त भएको धारणा व्यक्त गरे । रोटरी, रोटेयाक्ट अन्तराष्ट्रिय क्लव भएता पनि यस्ले नेपालका विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनको धाराणा थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले समाजमा रोटरी, रोट्याक्टले महत्वपूर्ण योगदान पू¥याएको बताए । उनले क्लबले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासको लागि भुमिका निर्वाह गरेको भन्दै युवाहरुलाई परिचालन गर्न सके देशको विकासमा ठूलो टेवा पुग्ने बताए ।

कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले रोट्याक्ट क्लवले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । उनले पिएस मिट पर्वतमा राखेर पर्वतको  पर्यटन प्रवर्धन, विकास मा अतुलनीय योग्दान गरेको बताए । 

रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले रोट्याक क्लव नेपालकै युवाहरुको उत्कृष्ठ संगठन हो भन्दै यस क्लवले समाजमा छरिएर रहेका यूवा शक्तिलाई एकत्रित गरि सकारात्मक काममा लगाएको उदाहरण दिदै पिएस मिटको शूभकामना दिए । उनले रोटरी क्वल अफ पर्वतले सन् २०११ मा स्पान्सोर गरेर स्थापना गरेको रोट्याक्ट क्लव अफ पर्वतले देशकै नमूना कार्यक्रम पिएस मिट पर्वतमा राख्न सफल भएकोमा धन्यावद समेत दिए ।

कार्यक्रमको अध्यक्षता रोट्याट नेपाल भूटानका डिआरआर हरिचन्द्र सत्यालले गरेका थिए । भने कार्यक्रमको संचालन रोट्याक्टर अन्तिम गूरुड र मिना खड्काले गरेका थिए । स्वागत रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलले गरेका थिए । कार्यक्रममा ११८ रोट्याक्ट क्वलका ६०० प्रतिनिधिहरुको सहभागिता रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह