२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी सम्पन्न भयो दुई दिने तेस्रो हात्ती महोत्सव

२०७२, २ कार्तिक सोमबार ०४:२१

elephant copy

प्रभात सुवेदी/कात्तिक २, बर्दिया । वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणका लगि जनचेतनामूलक अभियान सञ्चालन गर्दे आएको वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा युवा परिचालन अभियानद्वारा तेस्रो हात्ती महोत्सव २०७२, जिल्लाको निकुञ्जक्षेत्र ठाकुरद्वारामा रहेको हात्तीसारमा आज सम्पन्न गरिएको छ ।
elepahnt copy
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक योजना अधिकृत रमेशकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न महोत्सवको पहिलो दिनमा औपचारिक मञ्चीय कार्यक्रम, पुरुष पौडी प्रतियोगिता, हात्ती फुटबल खेल, सम्मान कार्यक्रम, स्थानीय थारु संस्कृतिका झाँकीहरुका साथै चर्चित लोक गायकगायिकाहरुले आफ्ना साङ्गीतिक प्रस्तुतीहरूद्वारा भरपुर मनोरञ्जन गराएका थिए ।

यसैगरी दोस्रो दिन आज खुला महिला पौडी प्रतियोगिता, निकुञ्जका कर्मचारीहरु तथा संरक्षणप्रेमी युवाहरुका बिचमा मैत्रीपूर्ण पूmटबल खेलका साथै विविध स्थानीय सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

bardiya copy

सांस्कृतिक कार्यक्रममा मुख्य आकर्षणका रुपमा रहेका लोकगायक शेरबहादुर आचार्य ‘गाईने’, सुनिता वि.सि., रामप्रसाद लामिछाने, भदै थारु लगायतले आफ्ना साङ्गीतिक प्रस्तुतीहरु राख्दै विजया दशमी तथा दिपावलीको शुभकामना गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

paudi copy

विगतमा सुङगुरको बच्चालाई हात्तीद्वारा कुल्चाएर मार्न लागइ मनाउँदै आइएको महोत्सवमा निरिह प्राणीलाई अजंगको जनावरद्वारा मार्न लगाइनु संरक्षणप्रेमीहरुको लागि अनुपयुक्त भएको ठहर गर्दै विगत तीन वषदेखि हात्ती महोत्सवलाई हात्ती फुटबल आयोजना गर्दै मनाउन थालिएको हो । निकै नै रोमाञ्चकपूर्ण तरीकाले खेलाइएको हात्तीको मैत्रीपूर्ण खेल पनि अत्यन्तै प्रतिस्पर्धात्मक रेहेको थियो ।

खेलमा ओम गज, श्यामकली गज, कुमार गज, गणेश गज, रेञ्जर गज, समिर गजबीच भएको घम्साघम्सीमा समिर गजले २ गोल र कुमार गजले १ गोल हान्दै समिरले आफ्ने टिमलाई विजयी गराएका थिए । उक्त खेल हेर्न आएका दर्शकहरु खेल हेरेर निकै आनन्द मान्दै ताली र हुटिङले साथ दिएका थिए ।

बर्दियामा भेटियो नयाँ चरा
यसैबिच बर्दियाको राष्ट्रिय निकुञ्जमा २०७२ जेठ १९ गते ‘Mottled Wood Owl’ जातको नयाँ चरा भेटिएको छ ।

लामो समयदेखि चराहरुको अध्ययन अनुसन्धानमा लागेका रामबहादुर शाहीले पत्ता लगाउनुभएको यो चराको स्थानीय नाम ‘कब्रार उलुक’ राखिएको छ । यसको नेपाली नाम भने नेपालमा विगत ४० वर्षदेखि चराहरुको अनुसन्धान गर्दे आउनुभएका वेलायती नागरिक क्यारोल इन्सकिपले घोषणा गर्नुभएको हो । घोषणका क्रममा क्यारोलले रामबहादुरको यो कार्य अत्यन्तै प्रशंनीय रहेको भन्दै धन्यवाद दिनुभएको थियो ।

यो चरा पत्ता लगाएवापत चराविज्ञ रामबहादुर शाहीलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै बोल्दै राम्रो काममा निरन्तर लागेमा पक्कै पनि यसको उचित कदर हुने रहेछ भन्दै नेपालमा ८ सय ७१ जातका चराहरु रहेकोमा अवदेखि ८ सय ७२ प्रजातिका चराहरु भएको दावी गर्नुहुँदै अझै पनि नयाँ प्रजातिका चराहरु रहेकोमा यसको खोज तथा अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

कार्यक्रम चोरी शिकार नियन्त्रण युवा परिचालन समितिका अध्यक्ष हेमन्त प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ