२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

फूलपाती भित्र्याइयो, वलीको नाममा काटमार नगर्न आग्रह

३ कार्तिक २०७२, मंगलवार ०१:०२

प्रभात सुवेदी, कात्तिक ३, बर्दिया । वडादशैंको सातौं दिन आज सप्तमीको अवसरमा जिल्लाको सदरमुकाम लगायत विभिन्न देवीका शक्तिपीठहरुमा फूलपाती भित्राइएको छ ।

fulpati2
सदरमुकास्थित वागेश्वरी तथा सन्तोषी मन्दिरबाट कोटही माताको मन्दिरमा पूmलपाती लगेर भित्राइएको हो । यसअघि गुलरियाको विभिन्न स्थानबाट निस्केको धार्मिक झाँकीमा भजन, कीर्तन गाउँदै नाच्दै रमाइलो गर्दै भक्तजनहरुले मन्दिरको परिक्रमा गरेका थिए ।

fulpati1

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवर, सुरक्षाप्रमुखहरु , सुरक्षाकर्मी, लगायत भक्तजनहरुको सहभागिता रहेको थियो ।
यसैबिच विगत सात वर्षदेखि सदरमुकामस्थित कोटही माताको मन्दिर परिसरमा वली दिने प्रथाको अन्त गरिएकोले निर्दोश पशुपन्छिहरुको वली दिन आग्रह गरिएको छ । काटमारले समाजमा नकारात्मक सन्देश फैलिने र यसले मानिसमा शान्तिसद्भाव, धार्मिक आचरणमा प्रतिकूल असर पार्ने भन्दै वली प्रथाको अन्त गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भानुभक्त भट्टराइले साझा अनलाइनलाइ बताउनुभयो ।

कोही कसैले मन्दिर परिसरमा खसीबोका ल्याएर पूजा गरेर मात्रै लैजाने र बली नै दिनु परेमा मन्दिर परिसरदेखि केही पर अलग्गै स्थानमा लगेर दिन सकिने तर मन्दिर मा ल्याएर रगत नचढाउने, जल मात्रै चढाउने गरेको समेत सचिव भट्टराईले बताउनुभयो ।
यसैबिच दुर्गा पूजाको अवसरमा जिल्लाको सदरमुकाम लगायत मैनापोखर, कालिका, मोहम्मदुर, बाँसगढी, मगरागाडी, भुरीगाउँ, राजापुर लगायतका क्षेत्रहरुमा दुर्गा माताको आकर्षक मूर्तिहरु स्थापना गरि भव्य रुपम दुर्गा पूजा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले