२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

फूलपाती भित्र्याइयो, वलीको नाममा काटमार नगर्न आग्रह

२०७२, ३ कार्तिक मंगलवार ०१:०२

प्रभात सुवेदी, कात्तिक ३, बर्दिया । वडादशैंको सातौं दिन आज सप्तमीको अवसरमा जिल्लाको सदरमुकाम लगायत विभिन्न देवीका शक्तिपीठहरुमा फूलपाती भित्राइएको छ ।

fulpati2
सदरमुकास्थित वागेश्वरी तथा सन्तोषी मन्दिरबाट कोटही माताको मन्दिरमा पूmलपाती लगेर भित्राइएको हो । यसअघि गुलरियाको विभिन्न स्थानबाट निस्केको धार्मिक झाँकीमा भजन, कीर्तन गाउँदै नाच्दै रमाइलो गर्दै भक्तजनहरुले मन्दिरको परिक्रमा गरेका थिए ।

fulpati1

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवर, सुरक्षाप्रमुखहरु , सुरक्षाकर्मी, लगायत भक्तजनहरुको सहभागिता रहेको थियो ।
यसैबिच विगत सात वर्षदेखि सदरमुकामस्थित कोटही माताको मन्दिर परिसरमा वली दिने प्रथाको अन्त गरिएकोले निर्दोश पशुपन्छिहरुको वली दिन आग्रह गरिएको छ । काटमारले समाजमा नकारात्मक सन्देश फैलिने र यसले मानिसमा शान्तिसद्भाव, धार्मिक आचरणमा प्रतिकूल असर पार्ने भन्दै वली प्रथाको अन्त गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भानुभक्त भट्टराइले साझा अनलाइनलाइ बताउनुभयो ।

कोही कसैले मन्दिर परिसरमा खसीबोका ल्याएर पूजा गरेर मात्रै लैजाने र बली नै दिनु परेमा मन्दिर परिसरदेखि केही पर अलग्गै स्थानमा लगेर दिन सकिने तर मन्दिर मा ल्याएर रगत नचढाउने, जल मात्रै चढाउने गरेको समेत सचिव भट्टराईले बताउनुभयो ।
यसैबिच दुर्गा पूजाको अवसरमा जिल्लाको सदरमुकाम लगायत मैनापोखर, कालिका, मोहम्मदुर, बाँसगढी, मगरागाडी, भुरीगाउँ, राजापुर लगायतका क्षेत्रहरुमा दुर्गा माताको आकर्षक मूर्तिहरु स्थापना गरि भव्य रुपम दुर्गा पूजा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से