१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्थ अभावले दृष्टिविहीन युवतीको उपचारमा समस्या

१ आश्विन २०७४, आईतवार ०७:२०

असोज १, पर्वत। यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । 

दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२की लैला खातुनको मिर्गाैला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या भएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण अस्पतालले रु १० हजार धरौटी मात्रै माग गर्दा पनि उपलब्ध गराउन नसक्दा उनको उपचार हुन सकेको छैन । पीडित खातुन अस्पतालको शै्ययामा छट्पटाइरहँदा उनका बाबु मोहम्मद अब्दूर रहमन दाताको खोजीका लागि विभिन्न स्थानमा धाइरहेका छन् । 

“सम्पत्तिका नाममा एक टुक्रा जग्गा पनि छैन”, उहाँले भन्नुभयो “छोरीलाई १० हजार रुपैयाँ जुटाउन सके पनि धेरै सहयोग हुने थियो । ” उहाँले छोरीका लागि अस्पतालले रकम छुट गरेर रु १० हजार मात्रै माग्दा पनि आफूले उपलब्ध गराउन नसकेको दुखेसो गर्नुभयो । बीसवर्षीय लैलाका शिक्षक हरिप्रसाद शर्माले समेत लैलाको जीवन रक्षाका लागि सहयोग प्रदान गर्न सहयोगदातासमक्ष आग्रह गर्नुभएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह