पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २, धनुषा ।</b> प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । <br></p><p>धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको छ । </p><p>स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिनुभयो । रासस </p>

