१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा गाँजा नष्ट गर्न प्रहरी सक्रिय

२ आश्विन २०७४, सोमबार १३:५८

नरी बडु/असोज २, बैतडी । जिल्लाको अधिकासं क्षेत्रमा गाँजाका विरुवाहरु आफै उम्रिन्छन् । 

मकैको डाँठ काटेपछि गाँउका खेतमा छरपष्ट रुपमा गाँजा देख्न सकिन्छ । तर पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, बैतडी गाँजा नष्ट गर्ने अभियानमा सक्रिय देखिएको छ । गाँउमा रहेका युवाहरुलाई कुलतबाट बचाउन र चरेस नियन्त्रणका लागि गाँउ गाँउमा गएर गाँजा नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख हेरम्ब शर्माले बताए ।


“अधिकासं वेरोजगार युवाहरु जाँड रक्सी तथा गाँजाजन्य नसालु पदार्थको सेवनले दुव्र्यसनीमा फस्ने सम्भावना भएकाले हरेक गाँएमा प्रहरी युनिट खटाएर गाँजा नष्ट गर्ने अभियान चलिरहेको छ” उनले भने ।

जिल्लामा गाँजाको खेति गर्ने गरेका नभएपनि आफै उम्रने समस्या छ । केहि स्थानीयले आफै उम्रेको गाँजा नष्ट नगरिकन चरेस बनाउने लगायतका कानुन विपरित कार्य गर्ने गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका, पुचौँडी नगरपालिका, पाटन नगरपालिका लगायत सबै क्षेत्रका खेतहरुमा प्रहरी र स्थानीयको सहयोगमा गाँजा नष्ट गर्ने गरिएको छ ।  

गाँजा र त्यसबाट बन्ने चरेसलाई नेपालको कानुनले सेवन गर्न था विक्रि वितरण गर्न बन्देज गरेको छ ।  गाँजा नष्ट गर्नु अघि स्थानीय व्यक्तिहरु संग गाँजाबाट हुने हानी र कानुनबारे जानकारी गराई गाँजा नष्ट गरिरहेको डिएसपी शर्माले बताए । 

सदरमुकाम क्षेत्रमा लुकिछिपी गाँजा सेवन गर्ने गरेको भएपछि गाँउघरतिर यसको सेवन निकै भएको पाईन्छ । 

गाँजा सेवन तथा विक्रिवितरण कानुन विपरित भएकाले यस्तो कार्य कसैले पनि नगर्न जिल्ला प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ । 

गाँजा नष्ट संगै बस्ती भेटघाटपनि 

जिल्लामा रहेका विभिन्न प्रहरी चौकि, इलाकाका इन्चार्ज र जिल्ला प्रहरी प्रमुख डिएसपी को नेतृत्वमा गाँजा नष्ट गर्न गाँउ गएका प्रहरीहरुले बस्ती भेटघाट समेत गर्ने गरेका छन् । 

समाजमा घट्ने विभिन्न प्रकारका घटना नियन्त्रण र स्थानीयहरुलाई सचेत गराउन प्रहरीले यस्तो अभियान चलाएको हो । दुर्गमका गाँउमा समस्याका रुपमा रहेको मादकपदार्थ सेवन, घरेलु हिंसा र अन्य दुव्र्यसनी लगायतका विषयमा स्थानीयलाई जानकारी गराउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कानुनको अज्ञानताले समाजमा विभिन्न किसमका विकृती र विसंगतीहरु बढ्नुका साथै अपराधिकरण पनि बढ्ने भएकाले गाँउमा पसेका बेला यसबारेमा छलफल हुने गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी शर्माको  भनाई छ । 

पछिल्लो समय बैतडीमा आत्माहत्या गर्नेको संख्या बढ्दै गएकाले आत्माहत्या घटाउनका लागि पनि बस्ती भेटघाट जरुरी रहेको उहाँको भनाई छ । 

सुदूरपश्चिमको महान चाँड गौरा सकिए संग नजिकिन लागेको बडा दशै र तिहारको अवसरमा हुने अपराधिक घटना घट्न नदिन समेत प्रहरीले विषेस सुरक्षा योजना अघि सारेको छ ।  दशैको वेलामा गाँउमा विडभाड हुने भएकाले प्रहरीलाई तुलनात्मक रुपमा चनाखो बनाईएको शर्माले बताए । 

“चाँडबाडको समयमा जिल्लामा संचालन हुने विभिन्न सवारी साधनका चालकहरुले मादकपदार्थ सेवन गरी सवारी हाक्ने सम्भावना भएकाले त्यसतर्फ पनि विषेस ध्यान दिएका छौँ” उनले भने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह