Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दशैंका लागि मुस्ताङबाट ल्याउँदै गरेका १० लाख मूल्यका च्याङग्रा बाटोमै मरे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २, पर्वत | दशैं र तिहारको लागि लक्षित गरी पोखरा लगिदैं गरिएका झण्डै ६० वटा भेडाच्याङ्ग्रा बाटोमा नै मरेका छन ।

पोखराका ब्यापारी प्रविण अधिकारीले ल्याएका च्याङग्रा एउटै ट्रकभित्र जबरज्स्ती खाँदेका कारण मरेका हुन् । २२ लाखको लगानीमा १ सय ३० वटा भेडाच्याङग्रा ल्याए का अधिकारीका पर्वत आइपुग्दा ६० वटा मरेका हुन ।

च्याङग्रा मरेपछि अधिकारीको झण्डै १० लाख भन्दा बढीको लागनी डुबीसकेको छ । बाँकी रहेका अन्य च्याङग्रा पनि निकै अस्वस्थ अवस्थामा रहेका कारण थोरै मात्रै च्याङग्रा जीवित रहने  देखिएका छन् ।

जिल्ला पशु सेवा कार्यालय पर्वतका पशु चिकित्सक बिमल पौडेलका अनुसार चिसो ठाउँमा बसेका च्याङग्रालाई एक्कासी तल झार्दा यस्तो समस्या देखिएको हो ।