१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा छुट भएका भूकम्पपीडितको लगत संकलन जारी

३ आश्विन २०७४, मंगलवार ०१:५८

असोज ३, नुवाकोट । भूकम्पका कारण आवास गुमाएका तर लाभग्राही सूचीमा समावेश नभएका भूकम्पपीडितको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न अहिले लगत संकलक टोली व्यस्त रहेको छ । 

प्रभावित क्षेत्रको घरघरमा नै संकलन टोली परिचालन भइरहेकाले छुट भएका भूकम्पपीडितलाई नाम दर्ता गराउन पुनःनिर्माण प्राधिकरण नुवाकोट कार्यालयले आग्रह गरेको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटले लाभग्राही सूचीमा समावेश नभएका छुट पीडितलाई आफ्नो घरको लगत संकलन गराउन लगत संकलन टोलीसँग सम्पर्क राख्न निमित्त बेदप्रसाद गौडेलले आग्रह गर्नुभयो । 

पुनःसर्वेक्षण र पुनःजाँचका लागि वडाध्यक्ष संयोजक रहेको वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वमा अन्तिम पटकका लागि घरघरमा नै पुगेर लगत संकलन भइरहेकाले घरबाहिर भएकालाई आफ्नो क्षति पुगेको घरको प्राविधिक टोलीमार्फत जाँच गराउन छुट पीडितलाई आह्वान गरेको छ । 

भूकम्पले आवास क्षति भएको र नयाँ घर बनाउन रु तीन लाख अनुदान पाउने लाभग्राही सूचीमा नाम नभएकाको गुनासो सम्बोधनका लागि पुनःजाँच र पुनःसर्वेक्षणका लागि पुनःनिर्माण प्राधिकरणको केन्द्रबाट यहाँका बाह्रवटा स्थानीयतहमा १६ जना इञ्जिनियर परिचालन भएका छन् । इञ्जिनियरलाई सामाजिक परिचालकले सहयोग पु¥याउँदै आएका छन् । 

संकलन टोलीले भूकम्पका कारण आवास गुमाएका तर आवास निर्माणका लागि लाभग्राही सूचीमा नाम नभएको भनी छुट गुनासो दर्ता गराएका देखि गुनासो नै नगरेका छुट पीडितको लगत संकलन दशैँपर्व अघि नै पूरा गर्ने लक्ष्य राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह