पर्वत । संघीय गणतन्त्र नेपालको अबधारणा अनुसार संविधान जारी भएको दुइ बर्ष पुरा भएको छ । आज देशभर संविधानदिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको रंगाशालामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रंधानमन्त्री शेरबहादुर द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । संघीय गणतन्त्र नेपालको अबधारणा अनुसार संविधान जारी भएको दुइ बर्ष पुरा भएको छ । आज देशभर संविधानदिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको रंगाशालामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रंधानमन्त्री शेरबहादुर द"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

जिसस पर्वतका संयोजक महोनरको नियतको फल– तीनलाख जनसंख्या भएको जिल्लामा ६२ जनाले मात्र संविधान दिवस मन

३ आश्विन २०७४, मंगलवार १४:२३

पर्वत । संघीय गणतन्त्र नेपालको अबधारणा अनुसार संविधान जारी भएको दुइ बर्ष पुरा भएको छ । आज देशभर संविधानदिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको रंगाशालामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रंधानमन्त्री शेरबहादुर देवा, मन्त्री तथा अन्य राजनीतिक दलहरुले शान्तिका प्रतिक उडाएर संविधान दिवस मनाए । आज सरकारले सार्वजानिक विदा समेत दिएको थियो । 

संविधान दिवस मनाउने सन्दर्भमा झण्डै तीन लाख  जनसंख्या भएको पर्वतमा ६२ जनालेमात्रै संविधान दिवस मनाएका छन् । जिल्ला समन्वय समिति पर्वतले सरोकारवाला निकाय, राजनीतिक दल तथा जिल्लामा रहेका विभिन्न संघसंस्थासँग समन्वय नगरी संविधान दिवस मनाउने अठोट लिएपछि यस्तो भएको हो ।

जिल्ला समन्वय समितिका संयोजक महोनर वि पौडेलले जिल्ला समन्वय समितिमा राजनीतिकरण गरेर एमालेकरण गरेपछि यसपालिको संविधान दिवस पर्वतमा खल्लो भएको हो । उनले एमालेमैत्री रुपमा जिल्ला समन्वय समिति चलाउने प्रयासको थलानी गरेको समेत यहि कुराले पुष्टि गरेको छ । ६२ जना सहभागी भएको संविधान दिवस मनाउने कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तित्वनै सहभागी भएनन् । 

कार्यक्रममा जिल्लाका तीन सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल, कल्पना चापागाई,  जिल्ला न्यायाधिस महोनराज भट्टराई, जिल्ला समन्वय समिति पर्वतकै उपप्रमुख, कुश्मा नगरपालिकाका मेयर, उपमेयर कोहि पनि सहभागी भएनन् । जसले जिसस संयोजकको नियतको पर्दाफाँस गरेको छ ।

 एकलैटी रुपमा जिल्ला समन्वय चलाउन खोज्ने र आफ्ना कार्यकर्ता भत्र्ती गर्ने मनासय बोकेको हुनसक्ने भन्दै उनीमाथि आलोचकहरु थपिन थालेका छन् । संयोजकको निर्वाचित भएको छोटो समयमानै उनले गरेको क्रियाकलापले पनि त्यस्तै देखाएको छ । 

अन्य संघसंस्था तथा सरोकारवाला निकाय, गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतका विभिन्न सरकारी तथा गैरसरकारी निकायमाथि उपेक्षा गर्नुले यसपालीको संविधान दिवस कसैको चाँसोका रुपमा लिन सकेनन् । औपचारिकता पुरा गरेरमात्रै संविधान दिवसलाई मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह