पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा जुवातास खेल्नेको संख्या बढेको छ । चाडपर्व शुरुभएसँगै कुश्मा बजारमा भीडभाड पनि बढ्दो छ । रमाइलोका लागि भन्दा पनि व्यवसायीक रुपमा नै चुवातास खेलाउनेहरु बढेका छन् । दशैतिहारमा मात्रै होइन क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा जुवातास खेल्नेको संख्या बढेको छ । चाडपर्व शुरुभएसँगै कुश्मा बजारमा भीडभाड पनि बढ्दो छ । रमाइलोका लागि भन्दा पनि व्यवसायीक रुपमा नै चुवातास खेलाउनेहरु बढेका छन् । दशैतिहारमा मात्रै होइन क"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

चाडपर्व शुरु भएसँगै जुवातास कुश्मा बजारमा मौलायो

४ आश्विन २०७४, बुधबार ०८:५१

पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा जुवातास खेल्नेको संख्या बढेको छ । चाडपर्व शुरुभएसँगै कुश्मा बजारमा भीडभाड पनि बढ्दो छ । रमाइलोका लागि भन्दा पनि व्यवसायीक रुपमा नै चुवातास खेलाउनेहरु बढेका छन् । दशैतिहारमा मात्रै होइन कुश्मामा बाह्मास जुवातास खेलाउनेहरुको पनि जमात बढ्न थालेको छ । 

पुल हाउस, क्यारेम बोर्डको नाउमा जुवाको अखडा पर्वतमा बढ्दै गएको । पुल हाउस र क्यारेम बोर्ड खेल्ने क्रममा पनि तासको प्रयोग गरिने भएका कारण पर्वतमा पुल हाउसमा जाने युवाहरु जुवातासको लतमा फस्न थालेका छन् ।

पछिल्लो समयमा चाडपर्वको मौका छोपी होटल तथा डेरामा जुवातास खेलाउनेहरुको संख्या बढेको छ तर प्रहरी भने त्यसको अनुगन र कारवाहीको लागि प्रयास समेत गर्न सकेको छैन । बजारमा सिभिलमा खटिने प्रहरी जवानहरु चिनजानको हुने भएका कारण पनि उनीहरुले यसमा खासै चाँसो र फलोअप नगरेको देखिन्छ ।

बजारका केही होटल र घरमा अड्डा जमाएर दैनिक तास खेल्ने गरिएको छ । केही बर्षअघि प्रहरीले जुवातास खेल्नेमाथि कडाई गरेपनि अहिले प्रहरीले देखेपनि नदेखेझै गर्ने गरेको छ । प्रहरीले आपराधिक गतिविधिलाई निस्तेज पार्ने जतिसुकै कडा कुरा गरेपनि जुवातास खेल्ने, लागुऔषध दुब्र्यसनीजस्ता घटनामा हात हाल्न सकेको छैन ।

प्रहरीकै केही सुराकीलाई जुवाडेले कमिसन दिएर सुचना नै नपु¥याउने समेत गुनासो आउने गरेको छ । यसरी ब्यावसायिक रुपमा जुवा तास खेल्नेमा प्रतिष्ठित ब्यक्तिहरु नै रहने गरेका छन् । प्रहरीले पक्राउ गरेपनि उच्चस्तरको दबाब आउनसक्ने आकलन गरेर पनि निर्वाध रुपमा जुवातास खेल्नेलाई मलजल गरेको पनि गुनासा आउने गरेको छ ।

भर्र्खरै पर्वतको प्रहरी प्रमुख भएर आएका डिसपी दिलिप घिमिरेले भने जुवातास नियन्त्रणका लागि कडाई गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह