१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा आफ्नै आमाले गरिन् एक वर्षीय छोरोको हत्या

५ आश्विन २०७४, बिहीबार ११:२४

असोज ५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो । 

अत्यधिक मादक पदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निउँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुगानाले बताउनुभयो । 

ढुगानाको अनुसार घटनापश्चात् मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शव परीक्षण गरिएको थियो । 

घटना लुकाउन अभियुक्तले ढाकछोप परेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुसन्धानपछि अभियुक्त तामाङले विष खुवाएको स्वीकार गरेकी हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह