११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सिर्जना र काव्यको समागम

३० फाल्गुन २०७२, आईतवार ०२:५२

samman newsप्रभात सुवेदी/फागुन ३०, बर्दिया । मध्य पश्चिमाञ्चल श्रष्टा समाजले शनिवार नेपालगञ्जमा आयोजना गरेको श्रष्टाहरुको सम्मान कार्यक्रममा विविध विधाका सिर्जनारुको काब्यिक समागम गरिएको छ ।

खासगरी तराइको माटो र यस क्षेत्रको सुगन्धलाई शाब्दिक रुपमा टपक्क टिपेर पछिल्लो समयमा आख्यान बुन्न सफल आख्यानकार नयनराज पाण्डे, स्वास्थ्य सेवा तथा समाज सेवाका साथसाथै साहित्यलाई भाषिक विधितामा ढालेर लामो समयदेखि साहित्य सिर्जनामा लाग्नुभएका डा. कृष्णजंग शाह र यस क्षेत्रमा लामो समयदेखि अवधि भाषामा साहित्य सिर्जनाका साथसाथै सञ्चार क्षेत्रमा अतुलनीय योगदान दिनुहुने विष्णु कुमाललाई सम्मानका लागि आयोजति कार्यक्रमा साहित्यिक समागम गरिएको हो ।

samman newsq

प्रमुख अतिथि रहनुभएका कथाकार सनत रेग्मीले साहित्यिक सिर्जना बाचन गरी शुरु गर्नुभएको कार्यक्रमा डा. कृष्णजंग शाहले आप्mना हिन्दी तथा नेपाली भाषाका गजलहरु बाचन गर्नुभएको थियो भने आख्यानकार नयनराज पाण्डेले आफूले नेपालगञ्ज तथा तराईको विषयहरुलाई समेट्नुको कारण उल्लेख गर्दै यहाँको माटोले आप्mनो हृदय स्पर्श गरको र अझै पनि यहाँका अधिकांश चरित्रहरुले गरेको संघर्षको कथाबेथाहरुका बारेमा लेख्दै जाने बताउनुभयो । उहाँका लू, उलार, नांगो मान्छेको डायरी लगायतका कृतिहरु चर्चित छन् । यसैगरी अर्का सम्मानित श्रष्टा विष्णु कुमालले पनि आप्mना भनाइहरु राख्दै यसरी सम्मानित हुन पाएकोमा गर्वको अनुभूति भएको बताउनुभयो ।

मध्य पश्चिमाञ्चल श्रष्टा समाजका अध्यक्ष सृजन लम्सालको सभाध्यक्षमा सम्पन्न काव्य समागममा साहित्यिक व्यक्तित्व सच्चिदानन्द चौवे, नर्वदा शर्मा, भिष्म उप्रेती, प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारी, अनुपमा करारा, महानन्द ढकाल लगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन साहित्यिक व्यक्तित्व भोजराज शर्मा ‘नादिर’ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप