१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै बर्दिया विश्वको नजरमा

७ चैत्र २०७२, आईतवार १८:०३

harry 11

प्रभात सुवेदी । चैत ७, बर्दिया । नेपालको भ्रमणमा आउनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ को सोमबार हुने बर्दिया भ्रमणले बर्दिया यतिखेर विश्वको नजरमा परेको छ ।

सोमबार विहान करीव साडे ९ बजे राष्ट्रिय निकुञ्जको गैंडा मचानमा २ ओटा हेलिकप्टर अवतरण हुने तत्पश्चात बेलायती राजकुमार ह्यारीले खौराहा खोलामा र्याफ्टिंग बगौडाफाँटा सम्म पुग्ने कार्यक्रम रहेको छ । त्यसपछि करिब १५ मिनेट जति पैदल यात्राको कार्यक्रम तय गरिएको र उहाँलाई बाघ अनुगमनका लागि जडान गरिएको उपकरण र यसको प्रकृयाका सन्दर्भमा जानकारी गराइने कार्यक्रम रहेको निकुञ्जका निमित्त संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो ।
त्यसपछि गाडि चढेर बर्दियाको पर्यटकीय नमूना क्षेत्रको रुपमा विकास भैरहेको (होमस्टे) डल्लामा पुगेर स्थानीय थारु संस्कृति, रहनसहनका बारेमा जानकारी लिँदै ४५ मिनेट व्यतित गर्नुहुने र फर्केर बर्दिया राष्ट्रिय निकुञ्जको व्यारेकभित्र पुग्नुहुने छ । जहाँ गणपतिले निकुञ्जको जैविक विविधता तथा संरक्षण सम्बन्धी गतिविधीहरु कसरी सञ्चालन गरिएको छ भन्ने सवालमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

यसरी ४ घण्टाको समय व्यतित गरी बेलायती राजकुमार ह्यारी फर्किनुहुने निकुञ्जका निमित्त संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी गराउनुभएको छ ।

माथिको तश्विरमा: होमस्टे डल्लामा ह्यारीको स्वागतार्थ निर्माण गरिएको स्वागतद्वार । तश्विर: हेमन्त आचार्य

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो