१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

राहत शिक्षकले बुझाए ज्ञापन–पत्र

७ चैत्र २०७२, आईतवार १५:०९

प्रभात सुवेदी । चैत्र ७, बर्दिया । नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बर्दियाले आज जिल्ला शिक्षा कार्यालय बर्दिया मार्फत शिक्षा मन्त्रीलाई ५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहमार्फत आज ज्ञापन–पत्र बुझाइएको हो । ज्ञापन–पत्रमा सम्पूर्ण राहत शिक्षकहरुलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, सेवाबाट निस्कनुपर्ने भएमा उपदान दिनुपर्ने, स्थायी सेवामा आयोग दिन उमेरको हद नलगाउनुपर्ने, ऐन नियमहरुमा राहत शिक्षकहरुका सवालमा सेवा सुविधाको लगि स्पष्ट व्यवस्था हुनुपर्ने, प्रधानाध्यापकका जिम्मेवारी, सरुवा, बिरामी विदा, पोशाक भत्ता लगायतका सुविधाहरु हुनुपर्ने उल्लेख गरिएको छ ।

साथै विभिन्न शैक्षिक योजनाहरुको निर्माणका क्रममा सम्पूर्ण गतिविधीहरुमा राहत शिक्षकहरुको समेत अनिवार्य प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

समितिका जिल्ला अध्यक्ष ऋषिराम गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४२ हजार राहत शिक्षकहरुको न्यायोचित मूल्याङ्कन गरी शिक्षकहरुबीचको विभेदहरुको अन्त्य गर्नका लागि शिक्षा मन्त्रीसँग आग्रह गरिएको छ । साथै राहत शिक्षक माथिको विभेद कायमै रहे न्याय प्राप्तिका लागि जस्तो सुकै आन्दोलन गरिने समेत विज्ञप्तिमा उल्लेख गएिको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते