२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा प्रथम मिनी–म्याराथन सम्पन्न, सवीन गुरुङ विजयी

६ आश्विन २०७४, शुक्रबार ०७:३१

असोज ६, चितवन। दशैँको अवसर पारेर चितवनको भरतपुरमा प्रथम धनगढा खुल्ला मिनी–म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । 

जिल्ला युवा समिति चितवनको आयोजना तथा धनगढा एकीकृत विकास समितिको मूल व्यवस्थापनमा घटस्थापनाको अवसरमा बिहीबार म्याराथन दौड सम्पन्न भएको हो । 

म्याराथुन दौडको निर्धारित नौ किमी दूरी २४ मिनेटमा पार गर्दै पोखरा घर भएका चितवनका बक्सिङ खेलाडी सवीन गुरुङ प्रथम हुनुभएको छ । यस्तै, अछामका नरेन्द्र बुढा दोस्रो र सशस्त्र प्रहरीमा कार्यरत बैतडीका प्रकाशसिंह भाट तेस्रो हुनुभयो । 

गोरखाकी बेनिशा जोशीले सान्त्वना पुरस्कार प्राप्त गर्नुुभयो भने खेलमा सहभागी जनाउनुभएका सबैभन्दा बढी ५५ वर्षका प्रतियोगितामा सहभागी चितवनका सुरेश सेनले समेत सान्त्वना पुरस्कार पाउनुभयो । 

सो म्याराथनमा प्रथम हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिने जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिनुभयो । 

केही दिनमा हुने दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा पुरस्कार वितरण गरिने जनाइएको छ । यस्तै, सान्त्वना पुरस्कार प्राप्त गर्ने दुईजनालाई रु तीन हजार र रु दुई हजार प्रदान गरिने जनाइएको छ । 

भरतपुरको धनगढा मन्दिर परिसरबाट शुरु भएको म्याराथन दौडअन्तर्गत सहभागीले वडा नं १२ को परिक्रमा गरेका थिए । 

युवालाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको घिमिरेले जानकारी दिनुभयो । आगामी वर्षपनि खेल जारी राख्ने जिल्ला युवा समिति, चितवनले जनाएको छ ।    रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य