२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा प्रथम मिनी–म्याराथन सम्पन्न, सवीन गुरुङ विजयी

२०७४, ६ आश्विन शुक्रबार ०७:३१

असोज ६, चितवन। दशैँको अवसर पारेर चितवनको भरतपुरमा प्रथम धनगढा खुल्ला मिनी–म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । 

जिल्ला युवा समिति चितवनको आयोजना तथा धनगढा एकीकृत विकास समितिको मूल व्यवस्थापनमा घटस्थापनाको अवसरमा बिहीबार म्याराथन दौड सम्पन्न भएको हो । 

म्याराथुन दौडको निर्धारित नौ किमी दूरी २४ मिनेटमा पार गर्दै पोखरा घर भएका चितवनका बक्सिङ खेलाडी सवीन गुरुङ प्रथम हुनुभएको छ । यस्तै, अछामका नरेन्द्र बुढा दोस्रो र सशस्त्र प्रहरीमा कार्यरत बैतडीका प्रकाशसिंह भाट तेस्रो हुनुभयो । 

गोरखाकी बेनिशा जोशीले सान्त्वना पुरस्कार प्राप्त गर्नुुभयो भने खेलमा सहभागी जनाउनुभएका सबैभन्दा बढी ५५ वर्षका प्रतियोगितामा सहभागी चितवनका सुरेश सेनले समेत सान्त्वना पुरस्कार पाउनुभयो । 

सो म्याराथनमा प्रथम हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिने जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिनुभयो । 

केही दिनमा हुने दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा पुरस्कार वितरण गरिने जनाइएको छ । यस्तै, सान्त्वना पुरस्कार प्राप्त गर्ने दुईजनालाई रु तीन हजार र रु दुई हजार प्रदान गरिने जनाइएको छ । 

भरतपुरको धनगढा मन्दिर परिसरबाट शुरु भएको म्याराथन दौडअन्तर्गत सहभागीले वडा नं १२ को परिक्रमा गरेका थिए । 

युवालाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको घिमिरेले जानकारी दिनुभयो । आगामी वर्षपनि खेल जारी राख्ने जिल्ला युवा समिति, चितवनले जनाएको छ ।    रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा