१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेनी–जोमसोम–कोरल्ला सडकखण्डमा भिषण पहिराे, हजारौ तिर्थयात्री अलपत्र

६ आश्विन २०७४, शुक्रबार ०७:३२


पर्वत ६ असोज । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अबरुद्ध बनेको छ ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अबरुद्ध बनेको हो । गत बुधवार दिउँसोदेखि लगातार परेको वर्षााका कारण सडक अबरुद्ध बनेपछि हजारौ तिर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागवेनीमा पितृश्राद्ध गर्नका लागि गएकाहरु बढि मात्रामा अलपत्र परेका हुन् ।

पहिरो गएपछि अधिकांस सवारीसाधन तथा यात्रुहरु मुस्ताङको घाँसामै अड्किएका छन् । यताबाट मुस्ताङतर्फ जाँदै गरेका सवारी साधन पहिरो भन्दा वारिनै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएको तिर्थयात्री गणेश गिरीले जानकारी दिए । पैदल हिड्न सक्नेहरु जोखिम मोल्दै पहिरो पार गर्न लागेको उनले बताए ।

वर्षा नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । वर्षा निरन्तर परिरहँदा जाडोले तिर्थयात्रीहरु कठ्याङ्ग्रीएको बताईएको छ । वर्षा रोकियो भने साँझसम्म सडक खुलाउन सकिने अधिकारीले जानकारी दिए ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङबाट दुईवटा डोजर र स्काभेटर पठाइएको छ । पछिल्लो समय हवाई यात्रावाट भन्दा सडकमार्गबाट मुस्ताङ जानेहरुको आकर्षण बढ्दै गएको छ । पटक पटक जहाज दुर्घटनामा पर्न थालेपछि तिर्थयात्री तथा पर्यटकहरु सडक मार्ग हुँदै जाने गरेका हुन् । विहीवार दिउँसो १ बजेदेखि पहिरो पन्छाउने प्रयास भएपनि वर्षाका कारण सम्भव नभएको प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह