१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आज विश्व गैँडा दिवस : गैँडा संरक्षणबारे अन्तरक्रिया

६ आश्विन २०७४, शुक्रबार ०७:५८

असोज ६, चितवन। विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा संरक्षणका लागि सामूहिक प्रयास जरुरी रहेको संरक्षणसँग सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरुले बताएका छन् । 

विश्व गैँडा दिवसको सन्दर्भमा आज चितवनको रत्ननगरस्थित सौराहामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले दुर्लभ एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै रहेकाले संरक्षणमा जोड दिएका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन र वन्यजन्तु जोगाउन निकुञ्जको प्रयास मात्रै पर्याप्त नहुने भन्दै स्थानीय समुदाय र सङ्घसंस्थाको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको चर्चा गर्नुभयो । 

सौराहामा रहेको बाघ संरक्षण उपसमिति, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत पर्यटन र संरक्षणसँग सम्बन्धित झण्डै २० वटा सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत पाठकले गैँडाको हालसम्मको अवस्थाबारेको विवरण प्रस्तुत गर्नुभएको थियो । बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जितु तामाङले स्थानीयवासीको सक्रियताकै कारण चितवनमा संरक्षण कार्य प्रभावकारी भए पनि अझै गैँडा जोगाउन ठूलै चुनौती रहेको बताउनुभयो । उहाँले शून्य चोरी–शिकारलाई कायम राख्न अझै संरक्षणमा नयाँ योजना ल्याई चोरी–शिकार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्ने र घाँसेमैदान व्यवस्थापनमा समेत ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

पछिल्लो गणनाअनुसार चितवनमा ६०५ गैँडा रहेका र चितवन नै नेपालमा सबैभन्दा बढी गैँडा चितवन निकुञ्जमा भएकाले यहाँ पर्यटन र संरक्षणलाई सँगसँगै लैजानुपर्नेमा सहभागीहरूजोड दिएका थिए । 

निकुञ्जले स्थानीय प्रशासन, प्रहरी, अनुसन्धान ब्यूरो र स्थानीय समुदायको सहकार्यमा संरक्षणका कार्यक्रम अघि बढाएकाले विगतमा एक हजार दिनभन्दा बढी शून्य चोरी–शिकार समय मनाइसकेपछि पश्चिम चितवनको जगतपुरमा तस्करले एउटा गैँडा मारेकाले शून्य चोरी–शिकार वर्ष कायम राख्न निकुञ्जसामु ठूलो चुनौती रहेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । पछिल्लो समयमा विद्युत् प्रवाह भएर तथा विभिन्न कारणले गैँडा मर्ने क्रम बढिरहेको छ । गएको साउन र भदौमा मात्रै यहाँ नौवटा गैँडा मरेको छ । अघिल्लो वर्ष विभिन्न कारणले चितवनमा २५ गैँडा मरेको थियो ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह