१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

८ आश्विन २०७४, आईतवार ०६:००

असोज ८, चितवन। पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । 

कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । 

राजधानीका चार अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएको भए पनि राजधानी बाहिर हालसम्म प्रत्यारोपणको काम नियमित भएको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल राजधानी बाहिर प्रत्यारोपण केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा रहनुभएको छ । पोख्रेलकै निर्देशनमा भरतपुर अस्पताल विकास समितिले प्रत्यारोपण केन्द्र स्थापना गर्न प्रस्ताव अघि बढाउने निर्णयसमेत गरेको छ । 

राजधानीमा सरकारी तवरबाट मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा प्रत्यारोपणको काम हुँदै आएको छ । 

निजी क्षेत्रमा ग्र्याण्डी अस्पतालले प्रत्यारोपण गर्दै आएको छ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु पाँच लाख ५० हजार अनुदान दिँदै आएको छ ।

स्थापना र पहिलो वर्षको खर्च सरकारी तबरबाट उपलब्ध गराएमा अस्पतालले प्रत्यारोपणको कामलाई निरन्तरता दिन सक्ने मरासिनीले बताउनुभयो । 

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने शल्यक्रिया कक्ष अस्पतालमा भएको भन्दै उहाँले चिकित्सकको समूह र आवश्यक औजार जुटाएसँगै प्रत्यारोपण गर्न सकिने बताउनुभयो । 

सामान्यरुपमा प्रत्यारोपण शुरु गर्न करिब रु चार करोड खर्च लाग्ने भए पनि उच्चस्तरको व्यवस्थापन गरी काम गर्न करिब रु १३ करोड खर्च हुने अनुमान गरिएको छ । 

भरतपुर अस्पतालले गत महिनाबाट मिर्गौलाको डायलासिस गर्दै आएको छ । डायलासिस गरेका बिरामीको अन्तिम उपचार मिर्गौला प्रत्यारोपण नै हो ।

हरेक वर्ष चितवन र छिमेकी जिल्लाबाट आउने झण्डै दुई लाख बिरामीलाई सेवा दिँदै आएको भरतपुर अस्पतालमा यसै वर्षबाट न्यूरो सर्जरी, कार्डियो थेरापी सर्जरी, सिटिस्क्यान, उच्चस्तरको बाल सघन उपचार कक्षसमेत सञ्चालनमा ल्याइएको छ ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी