२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका एक हजार ८६१ बालबालिका कुपोषित

२०७४, ८ आश्विन आईतवार ०६:५९

असोज ८, नुवाकोट। नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । 

ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 

विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधारमा पर्याप्त आहाराको कमी र विभिन्न रोगको संक्रमणका कारण शीघ्र कुपोषण भएका बालबालिकाको संख्या एक हजार ८६१ रहेको पोषण विकास अधिकृत जनार्दन सिलवालले जानकारी दिनुभयो । 

“भूकम्पपछिको २९ महिनामा ३०५जना शीघ्र कुपोषित भएका बालबालिका पाइएकाले उनीहरुलाई स्वास्थ्य चौकीमा स्थापना गरेको बहिरंग सेवा केन्द्रमा उपचार गर्दै आएका छौँ ।” पोषण विकास अधिकृत सिलवालले भन्नुभयो, “अत्यन्त जोखिम अवस्थामा पुगिसकेकालाई जिल्ला अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउँदै आएका छौँ ।” 

जिल्लामा कुपोषणग्रस्त बालबालिकाको संख्या धेरै भेटिएपछि स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा एक÷एक केन्द्र स्थापना गरी बिरामीलाई निःशुल्करुपमा उपचार पु¥याउन शुरु गरेको छ । 

जिल्लाको सबै बस्तीबाट संकलन गरेको तथ्यांकका आधारमा जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाको सख्या करिब २६ हजार रहेकामा एक हजार ८०० भन्दा भढी बालबालिकामा कुपोषण देखिएको हो । योसँगै एक हजार १०२ जना गर्भवती एवं सुत्केरी महिला कुपोषणको जोखिममा परेको पाइएपछि नियन्त्रणका लागि खोज, उद्धार र उपचारमा अभियान नै शुरु गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सामाजिक संस्था एसिएफ इन्टरनेशनलसँगको सहकार्यमा स्वास्थ्यकर्मीसहित महिला स्वास्थ्य स्वयंसेविकालाई समेत तालीम दिएर रोग नियन्त्रण गर्न ‘पाखुराको नाप’ मार्फत बिरामीको खोजी र पत्ता लगाएकालाई रोग निधान गर्न प्रयास हुँदै आएको खोप अधिकृत अमृत महर्जनले बताउनुभयो । 

बालबालिकाले पर्याप्त खान नपाएर मात्र नभई उनीहरुले खाने खानाको सन्तुलन नमिलेर, छ महिनासम्मका बालबालिकाले पर्याप्त मात्रामा आमाको दूध खान नपाएर र अन्य रोगले संक्रमण गरेमा पनि कुपोषण रोग लाग्ने भएकाले त्यसतर्फ अभिभावक सचेत भएमा रोग लाग्नबाट बचाउन सकिने कार्यालयले जनाएको छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल