१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन दशैंका अवसरमा २१ कैदीलाई माफी

९ आश्विन २०७४, सोमबार ०६:३०

असोज ९, चितवन। सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ । 

कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दाका छ जना परेका छन् । हातहतियार सम्बन्धी मुद्दाका चार जना र कर्तव्य ज्यान मुद्दाका चार जनाको पनि कैद माफी भएको छ । 

यस्तै चोरी मुद्दाका तीन जना, बहुविवाह मुद्दाका तीन जना र डाँका मुद्दाको एक जनाको पनि कैद माफी गरिएको कारागार प्रमुख काफ्लेले जानकारी दिनुभयो । असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो । उनीहरु सबै ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदी हुन् । 

जिल्ला कारागार चितवनले ३० जनालाई आम माफीका लागि सिफारिस गरेकामा २१ जनाले माफी पाएका हुन् । यसअघि अघिल्लो वर्ष संविधान दिवसमा १७ जना र दशैँमा पाँच जना कैदी छुटेका थिए । गएको गणतन्त्र दिवसमा २४ जनाले माफी पाएका थिए । 

जिल्ला कारागार चितवनमा अहिले क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा रहेका छन् । काफ्लेका अनुसार कारागारमा अहिले कैदी, थुनुवा र आश्रित बालबालिका गरी ६०१ जना छन् । जसमा ५९ जना महिला र तिनमा आश्रित पाँच जना बालबालिका छन् । 

कैदी र थुनुवाको चाप बढी भएकाले व्यवस्थापनमा कठिनाइ हुने गरेको कारागार चितवनले जनाएको छ । जसका कारण विभिन्न प्रकारका बिरामीलाई पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यता रहेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी