पर्वत । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना "/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पूर्व सांसदलाई पेन्सन दिने कानुन बनाउन लागेका छैनौ– काँग्रेस सांसद अर्जुनप्रसाद जोशी

९ आश्विन २०७४, सोमबार ०७:०२

पर्वत । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सांसदहरुले कुनै पनि पेन्सनको माग नगरेको तर पहिचानको लागि कुरा उठाएको बताएका हुन् । 

आफू स्वयम सो विधेय सम्बन्धी उपसमितीमा रहेको भन्दै त्यस्तै कुनै माग नगरेको र विधेय बनेपनि पारित नुहने बताए । पेन्सन सम्बन्धी प्रस्ताब पनि नआउने र पारित पनि नहुने भन्दै  यस विषयमा टिकाटिप्पणी नगरेको राम्रो हुने बताए ।


उनले देशको विकास र परिर्वतनको लागि योगदा पु¥याएका सांसदहरुको सम्मान हुनुपर्ने माग मात्र गरिएको बताएका छन् । 

कार्यक्रममा बोल्दै सांसद जोशीले अस्वस्थ प्रतिस्पर्दा नगर्नको लागि आग्रह समेत गरेका छन् । उनले जिल्लाको विकास र निकासको लागि आफू सदैव लाग्ने बताउँदै पर्वतको छवि विर्गानको लागि कोहि पनि लाग्न नहुने बताए । 

सांसद जोशीले विचार स्वच्छ बनाउनुपर्ने भन्दै जिल्लाको विकासको लागि एक हुनुपर्नेमा जोड दिएका थिए ।

दुइ हप्ता अगाडि मात्रै कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग राखेका थिए ।

‘पूर्वसांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अब त्यसो गर्नु हुँदैन ।’सचेतक न्यौपानेले बताएकी थिइन ।  भने सांसद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिइ सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

एमाले र माओवादी मौन

यस विषयमा एमाले र माओवादी केन्द्रका सांसद भने यसबारे मौन बसेका छन् ।

सरकारले संसदमा पेश गरेको विधेयकमा पूर्व सांसदलाई पेन्सन दिने व्यवस्था छैन । पूर्व राष्ट्रपतिलाई मासिक पचास हजार रुपैयाँ र पूर्व उपराष्ट्रपतिलाई मासिक चालीस हजार रुपैयाँ पेन्सन वृत्ति उपलव्ध गराउने विधेयकको प्रस्ताव छ ।

त्यस्तै पूर्व राष्ट्रपतिलाई काठमाडौं उपत्यकामा आफ्नो वा आफ्नो एकाघरको परिवारको सदस्यको नाममा घर नभएमा मासिक २ लाख रुपैयाँ उपलव्ध गराउने प्रस्ताव छ । अन्य पूर्व पदाधिकारीलाई घर भाडा बापत मासिक ५० हजार उपव्ध गराउने प्रस्ताव छ ।

पूर्व पदाधिकरी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषदका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा वा संविधानको अध्यक्ष भई निवृत्त भएको व्यक्तिलाई जनाउने विधेयकमा उल्लेख छ ।

सो विधेयकमा आवश्यक सुझावसहित संशोधन गर्न राज्य व्यवस्था समितिले कांग्रेस सांसद जीवनवहादुर शाहीको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ ।

त्यस्तै कर्मचारी समायोजन सम्बन्धी विधेयकमा सहमति जुटाउन माओवादी सांसद एवम् पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्माको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन भएको एमाले सांसद रामेश्वर फुयालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन