फागुन २८, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुसालले आफ्नो कार्यकाल सम्म नगरलाई पर्यटकीय नगर बनाउन कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ ।
सरुवा भई आएपछि पत्रकारहरुसंग आज पहिलो पल्ट भेटघाट गर्दै कार्यकारी अधिकृत भुसालले सार्वजनिक जमिनलाई संरक्षण गर्ने, आन्तरिक ,सार्वजनिक शौचालय पुनः निर्माण गर्ने, मर्मत गर्ने, विकास निर्माणको कामलाई प्रभावकारी बनाउने बताउनुभयो ।
नेपालगञ्जको गणेशमान चौक देखि बिपि चौक सम्म पहिलो चरणमा सौर्य बत्ति जडान गर्ने र जनताले महसुस गर्ने गरी आफूले काम थालनी गरेको कार्यकारी अधिकृत भुसालले पत्रकारका माझमा बताउनुभएको छ ।