१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

निमोनियाका कारण दीपाको असामयिक निधन

१० आश्विन २०७४, मंगलवार ०६:३७

चिसाङ शेर्पा/असोज १०, खोटाङ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ नुनथलाका सदस्य दिपा राईको निमोनियाका कारण सोमवार निधन भएको छ । 


रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ पुईलुङका राईको २२ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । सानोमा मुटुको समस्या भएता पनि विचमा कुनै समस्या नभएको र लगभग १५ दिन अघि मोटरवाईकमा काठमाण्डौ जाँदा चिसोले निमोनिया भएका थियो ।

निमोनिया भएपछि कोरियन अस्पताल भक्तपुरमा उपचार पश्चात डिस्चार्ज भएका राईको आईतवार राती २ वजे भक्तपुरस्थित आफ्नै कोठामा निधन भएको उहाँका वुवा चन्द्र चाम्लिङले बताउनुभयो ।

चाम्लिङले भने ‘अस्पतालले डिस्चार्ज गरेको छोरीलाई राती विरामले च्यापेपछि अस्पताल पु¥याउन नपाई गुमाउनु प¥यो ।’ घरकी एक्ली छोरीको निधनसंगै परिवार शोकमा डुबेको रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नेकपा माओवादी केन्द्रका संयोजक सुरेश राईले बताए ।

राईको सोमवार पुईलुङमा परम्परा अनुसार दाहसंस्कार गरिएको छ । राईलाई अखिल नेपाल जनसाँस्कृतिक महासंघ नुनथलाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नुथललाले सम्मानसहित दाहसंस्कार गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा