पर्वत । स्थानीय तह अनुसार पहिलो चरणमा जनप्रतिनिधि पाएको फलेवास नगरपालिकाले १०० दिनमा उपलब्धी भन्दा बढि आलोचकहरु प्राप्त गरेको छ । स्थानीय कृषि उत्पादनमा कर लागेपछि त्यसको चर्को विरोध हुदै आएको छ । कृषकले सडकमानै दुध पोखेर त्यसको चर्को विरोध गर्दै आएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तह अनुसार पहिलो चरणमा जनप्रतिनिधि पाएको फलेवास नगरपालिकाले १०० दिनमा उपलब्धी भन्दा बढि आलोचकहरु प्राप्त गरेको छ । स्थानीय कृषि उत्पादनमा कर लागेपछि त्यसको चर्को विरोध हुदै आएको छ । कृषकले सडकमानै दुध पोखेर त्यसको चर्को विरोध गर्दै आएका"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास नगरपालिकाको १०० दिन – १९ उपलब्धी आलोचना बढी

१० आश्विन २०७४, मंगलवार ०८:२०

पर्वत । स्थानीय तह अनुसार पहिलो चरणमा जनप्रतिनिधि पाएको फलेवास नगरपालिकाले १०० दिनमा उपलब्धी भन्दा बढि आलोचकहरु प्राप्त गरेको छ । स्थानीय कृषि उत्पादनमा कर लागेपछि त्यसको चर्को विरोध हुदै आएको छ । कृषकले सडकमानै दुध पोखेर त्यसको चर्को विरोध गर्दै आएका थिए ।

पत्रकार सम्मेलन गरी जानकारी 

पदभार ग्रहण गरेको सय दिन पुगेको अवसरमा नगरपालिकाले सय दिनमा गरेका १९ उपलब्धीहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छ । एक सय दिनमा आफूहरुले गरेका १९ कामहरु पनि महत्वपूर्ण र उपलब्धीमुखी बनेको नगरप्रमुख पदमपाणी शर्माको दाबी छ । सोमबार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी दिएको हो ।

सय दिनका १९ उपलब्धी 

नगरपालिकाले एक सय दिनमा जम्मा १९ उपलब्धीमा सफलता मिलेको जनाएको छ । नगरपालिकाले एक सय दिनमा गरेका १९ उपलब्धी महत्वपूर्ण र समयअनुकुल भएको दाबी गरेको छ । 

नगरको समग्र बिकासका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु निर्माणका लागि गुरुयोजना बनाउन त्रिभुवन बिश्व बिद्यालय संग समझदारी पत्रमा हस्ताक्षर गरेर नगरको विकासको लागि अगाडि बढेको नगरपालिकाले जनाएको छ । 

गुरुयोजना अनुरुप बस्ती बिकास, पुर्बाधार निर्माण, कृषि र पशुपालन , औधोगिक क्षेत्र लगायतका योजनाहरु सुरु गरिने नगरका मेयर पदमपाणी शर्माले बताए ।

कच्ची सडक मर्मतगरी सुचारु 

अहिले सम्म एक मिटर पनि कालोपत्रे बाटो नरहेको फलेबासमा साउन महिनामा मर्मत गरेर कच्ची सडकहरु सुचारु गरिएको र असोजको पहिलो साता देखि बर्षाले भत्काएका सडकहरु मर्मतको काम गरिरहेको  नगरपालिकाले जनाएको छ । बर्षात्का समयमा भत्केका सडकहरुको मर्मतकार्य जारी रहेको पनि नगरपालिकाले जनाएको छ । 

बालमैत्री र अनिवार्य अंग्रेजी शिक्षामा जोड 

नगरपालिकाले सबै सामुदायिक बिद्यालयमा कम्तीमा पनि १ कक्षा सम्म बालमैत्री र अनिवार्य अंग्रेजी सहितको शिक्षा सुरु गर्नका लागि प्रधानाध्यापक भेलाबाट १७ बुँदे प्रतिबद्धता जारी गरेको छ । शिक्षकहरुलाई टे«निङ्ग दिन प्रशिक्षकहरु समेत तयार भएको नगरप्रमुख शर्माले बताए । 

पत्रकार सम्मेलनमा उनले नगरको शिक्षाको विकासको लागि अनिवार्य अंग्रेजी सहितको शिक्षालाई प्रथामिकतामा राखेको बताए ।

१ हजार मेघावाट जलविद्युतको सम्भाव्यता अध्ययन

नगरपालिकाले एक हजार मेघावाट जलविद्युत आयोजनाको लागि सम्भाव्यता अध्ययनको तयारी भएको जनाएको छ ।  कालीगण्डकी बि जलबिद्युत आयोजनाको संभाब्यता अध्ययनका लागि समन्वयको काम थालिसकेको पनि प्रमुख शर्माले जानकारी दिए । जसलबाट उत्पादित विद्युतले नगर उज्यालो शहरमा विकसित हुने र त्यसबाट आम्दानी गर्ने सोच रहेको जनाएको छ । 

घरघरमै सामाजिक सुरक्षा भत्ता 

घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बितरणको काम गरिरहेको र यसपटक पहिलो चौमासिकको १ करोड ९७ लाख ६ हजार जनप्रतिनीधी र वडा सचिबले बितरण गरिसकेको र बाँकी नपुग रकम २२ लाख निकासा भैसकेको नगरपालिकाले जनाएको छ । नगरभित्र रहेका बृद्धबृद्धा, अपाङ्गता, एक महिला तथा सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई घरघरमानै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताएको छ ।

साथै सबै शिक्षक, कर्मचारी, कृषि, स्वास्थ्य, पशुसेवा तर्फका कर्मचारीहरुको तलब समेत खुवाएको कुरालाई समेत नगरपालिकाले आफ्नो उपलब्त्रीमा राखेको छ ।

स्वास्थ्यसंस्था अब ५ बजेसम्म खुलाउने 

नगरपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा ५ बजे सम्म खुल्ने ब्यबस्था मिलाउनुका साथै ब्यबस्थित बस्ती बिकासका लागि घरजग्गा नक्सापास शुरु गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन