पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले उक्त स्वास्थ्य संस्थाका लागि एम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले उक्त स्वास्थ्य संस्थाका लागि एम्"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स

२०७४, १६ आश्विन सोमबार ११:००

पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले उक्त स्वास्थ्य संस्थाका लागि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । सांसद लम्सालले ठुलीपोखरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदी र वडा अध्यक्ष राजेन्द्र पौडेललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत आर्थिक वर्ष ०७३÷७४ को बजेटमार्फत सांसद लम्सालले रु १० लाख रुपैयाँ र  प्रवासीको सहयोगमा उक्त एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सेवा शुरु भएसँगै  नगरपालिकाका साविकका गाविसहरु खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा, कार्किनेटा लगायतका बासिन्दाहरु बढि मात्रामा लाभान्वित भएका छन् ।

सांसद लम्सालले विकास निर्माणको काममा एकजुट भएर लाग्न नगरबासीलाई आग्रह गरे । उनले गाउँको विकासमा स्थानीयनै सक्रिय हुनुपर्ने भन्दै सवै एक जुट हुनुपर्नेमा जोड दिए । गाउँमा एम्बुलेन्स सेवा शुरुभएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताए ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले नेपाली नागरिकले चाहेजस्तो संविधान झण्डै ७ दशकपछि प्राप्त भएको बताउँदै अब संविधानको सफल कार्यान्वयसँगै मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासमा लाग्नुपर्ने बेला आएको बताए ।

उनले आफु जिल्ला विकास समितिको सभापति रहकै बेला पर्वत जिल्लाको भाग्यरेखा कोरिएको बताउँदै भएका सम्भावनाहरुलाई अधिकतम उपयोग गरेर समग्र जिल्लाको दिगो विकास निर्माणका कुराहरुमा जोड दिनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले पर्वत जिल्लाका समग्र विकासका निम्ति स्थानिय तहहरु सक्रिय हुनुपर्नेमा जोड दिए । जिल्लाका सात स्थानीय तहहरुले आआफ्ना गाउँ÷नगरबासीको समस्या समधान र विकासको पूर्वधार तयार गरी दिगो विकासमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य हेमराज सापकोटा, नेकपा एमाले केन्द्रिय संघीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी, माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, नेपाली काग्रेसका प्रतिनिधि विष्णुवहादुर विक, नेकपा एमालेका गुमा गौतम लगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने